मोरङ / मोरङको कटहरी गाउँपालिका–३ मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलाई ठक्कर दिँदा  साइकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका–२ का ३६ बर्षीय बच्चु डुम घाईते भएका थिए । डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

OM Sai Pathibhara Hospital

साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ