समाज

    Showing 10,291-10,300 of 11,162 items.
  • ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई पक्राउ

    सर्लाही//सर्लाहीबाट प्रहरीले ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–८ का २८ वर्षीय अरुण लामा र सोही ठाउँका २८ वर्षकै अगबर अन्सारी रहेका छन् ।ईलाका प्रहरी कार्यालय बरहथवाबाट गस्तीमा निस्किएको प्रहरी टोलीले बरहथवा नगरपालिका–६ स्थित प्रहरी बिट नजिकै चौकबाट उनीहरुलाई पक्राउ गरेको हो। बीआर ३० जे ३०८० नम्बरको मोटरसाइकलमा बरहथवा बजारतर्फ गइरहेका उनीहरुलाई  खानतलासी गर्दा  मोटरसाइकलको बाँया साईडको लेगार्डमा झुड्याइएको झोलाबाट उक्त पेस्तोल बरामद भएको प्रहरीले बताएको छ। हतियारसहित पक्राउ परेका मध्ये अरुण लामा लागूऔषध मुद्दाका फरार

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 182 पटक पढिएको
  • सामाजिक अपराध : नाइके बन्दै युट्युबर भाष्कर

    बिर्तामोड / बिर्तामोडको भद्रपुर रोडस्थित होटल सिमानामा गत भदौ १ गते मङ्लबार भएको युट्युबरको ज्यादतीको विषयले यतिबेला मूलधारका सञ्चारमाध्यममा समेत राम्रै स्थान पाएको छ ।होटलमा पुगेका युट्युबर भाष्कर श्रेष्ठको युट्युब च्यानलमा रहेको ‘स्मार्ट नेपाल’ मार्फत सार्वजनिक भएको एउटा भिडियोका कारण उनी यतिबेला कानुनी कारवाहीको दायरमा समेत तानिएका छन् । होटलमा पुगेर भिडियोका नाममा आतंक मच्चाउँदै आएका भाष्कर श्रेष्ठ सहितलाई प्रहरीले पक्राउ गर्न खोज्न थालेपछि उनी एकाएक बेपत्ता भएका छन् ।याे पनि –युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबरबिर्तामोडको बजार क्षेत्रमा नै रहेको सिटी पार्टी प्यालेस न

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 509 पटक पढिएको
  • बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ

    बिर्तामोड  / बिर्तामोडको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।याे पनि –युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबरपिडित पक्षले घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जना विरुद्ध आज (बिहिबार) जाहेरी दिएका थिए ।  प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी का

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 11,050 पटक पढिएको
  • युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर

    बिर्तामोड / गत मंगलबार बिर्तामोडको एक होटेलमा खाजा खान पुगेका दुई स्थानीय महिला र एक जना पुरुष साथीको विषयमा भिडियो बनाएर युट्युब सहितका सामाजिक सञ्जाल मार्फत चरित्र हत्याको प्रयास गरिएको विषय सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युट्युबरको खोजी थालेको छ ।बिर्तामोडमा रहेको आँखा अस्पताल नजिकको होटल सीमानामा खाजा खान पुगेका उनीहरूले आफुहरुको युट्युबरका कारण चरित्र हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएपछि प्रहरीले युट्युबरको खोजी थालेको हो ।होटलमा खाजा खान पुगेको समयमा त्यहाँ रहेकी एक महिलाका नातामा काका ससुरा पर्ने हेमराज भट्टराईले प्रहरी र अन्य दुई जना युट्युबर समेत लग

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 30,419 पटक पढिएको
  • रौतहटबाट भारतीय रुपैयासहित २ जना पक्राउ

     रौतहट// रौतहटबाट भारतीय रुपैयासहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला गौर नगरपालिका-४ टिकुलियाका ३० वर्षीय  सुखाडी सहनी र  गरुडा नगरपालिका - १ जयनगरका ३५ वर्षीय अनिल भन्ने बिकास साह रहेका छन्।  सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरी टोलीले    ईशनाथ नगरपालिका वडा -१ लाल बकैयाको बाँध स्थितमा  सवारी तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।  भारतबाट नेपाल तर्फ  आउंदै गरेको बा ३९ प १६९१ नं.को  मोटरसाईकलमा सवार उनिहरुको साथबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख  ८३ हजार ५ सय बराम

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 453 पटक पढिएको
  • पहिरोले घर पुरिँदा चार बेपत्ता, एक घाइते

    रसुवा / रसुवामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका –५ कोलडाँडामा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका गलान भने घाइते अवस्थामा भेटिएकाले उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 245 पटक पढिएको
  • श्रीमान् -श्रीमतीको संगै भयो मृत्यु

    मोरङ// मोरङमा डेढ घण्टाको अन्तरमा श्रीमान् श्रीमतीको मृत्यु भएको छ। भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा -१२ खोर्साने बस्ने  ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको डेढ घण्टामै ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भएको हो। ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् । सोमवार डेढ घण्टाको अन्तरालमा अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमतीको स्थानीय लोहन्द्रा घाटमा दाहसंस्कार  गरिएको पारिवारिक श्रोतले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 281 पटक पढिएको
  • मनाङका बाढी प्रभावितलाई प्रति परिवार दुई लाख

    मनाङ / गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार रु दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास  निर्माणका लागि प्रतिपरिवार दुई लाख उपलब्ध गराउने जानकारी दिएका छन् ।उनले बेँसीसहर–चामे सडक खुलाउन सङ्घीय सरकारले काम थालिसकेको र ताल गाउँसम्म गाडी चल्न थालेको बताएका छन् । सङ्घीय सरकारले जिल्लालाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले भने “जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।  ”सदरमुकाम चामेमा बाढीकै कारण विद्युत् सेवा अवरुद्ध भएपछि प

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 208 पटक पढिएको
  • अलैँची मासिन थालेपछि किसान चिन्तित

    मङ्गलबारे / नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः  रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडाले बताएका छन् । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’’, उनि भन्छन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् । दुई

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 204 पटक पढिएको
  • झापा विद्रोहका योद्धादेखि शहीद परिवार सम्मलाई घर

    झापा  / झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धा देखि शहीद परिवार सम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाज विहीनका लागि आवास’ कार्यक्रम शीर्षक मार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम कार्की (पार्थ)ले जानकारी दिएका छन्।जनता आवास कार्यक्रम र तराई मधेश समृद्धि कार्यक्रमले समेट्न नसकेका शहीद परिवार, राज्य व्यवस्था परिवर्तनका लागि योगदान दिएका, एकल महिला, वृद्धवृद्धा, विपन्न, आदिवासी–जनजाति लगायतलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको उनल

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 417 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.