रसुवा / रसुवामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका –५ कोलडाँडामा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका हुन् । 

पहिरोमा पुरिएका गलान भने घाइते अवस्थामा भेटिएकाले उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

बेपत्ता भएकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।