बिर्तामोड / बिर्तामोडको भद्रपुर रोडस्थित होटल सिमानामा गत भदौ १ गते मङ्लबार भएको युट्युबरको ज्यादतीको विषयले यतिबेला मूलधारका सञ्चारमाध्यममा समेत राम्रै स्थान पाएको छ ।

होटलमा पुगेका युट्युबर भाष्कर श्रेष्ठको युट्युब च्यानलमा रहेको ‘स्मार्ट नेपाल’ मार्फत सार्वजनिक भएको एउटा भिडियोका कारण उनी यतिबेला कानुनी कारवाहीको दायरमा समेत तानिएका छन् । होटलमा पुगेर भिडियोका नाममा आतंक मच्चाउँदै आएका भाष्कर श्रेष्ठ सहितलाई प्रहरीले पक्राउ गर्न खोज्न थालेपछि उनी एकाएक बेपत्ता भएका छन् ।

OM Sai Pathibhara Hospital

याे पनि –युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर

बिर्तामोडको बजार क्षेत्रमा नै रहेको सिटी पार्टी प्यालेस नजिकको घरको एउटा कोठामा रहेको आफ्नो बासस्थान र सोही ठाउँमा रहेकाे कार्यालय समेत बन्द गरेर भाष्कर फरार भएका हुन् । गुण्डाको शैलीमा कहिले आफैं पत्रकार, आफै न्यायाधीश त कहिले आफैं मेलमिलापकर्ताका रुपमा भिडियो मार्फत देखिँदै आएका उनलाई पक्राउ गर्न प्रहरीमाथि अधिकारकर्मी र नागरिकको दवाव परेपछि प्रहरीले  उनको व्यापक रुपमा खोजी थालेको छ ।

याे पनि –बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ

होटलमा खाजा खान पुगेका दुई महिला र एक पुरुष साथीका विषयमा उनले बनाएको भिडियो सामाग्रीलाई लिएर यतिबेला जनस्तरबाट विरोध र आलोचना भइरहेको छ । सामान्य अवस्थामा होटेलमा खाजा खान पुगेका उनीहरूमाथि गुण्डाको शैलीमा भाष्कर सहितले मच्चाएको आतङ्कका कारण सो घटना सामाजिक सञ्जालमा ‘बिर्तामोड काण्ड’का नामले यतिबेला चर्चामा समेत रहेको छ ।

होटलमा खाजा खान पुगेका पाहुना माथि भाष्करको समुहले गरेको ज्यादतीको विषयमा कानुनी कारवाहीको माग गर्दै पीडित महिला र पुरुषले समेत प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । होटल एसोसिएसन बिर्तामोड र घटना भएको होटलका संचालक समेतले भाष्कर सहितको समूहमाथि कानुनी कारवाहीको माग गर्दै प्रहरी गुहारेका छन् ।

सामाजिक संजालमा सो घटना सार्वजनिक भए लगत्तैप्रहरी भाष्कर सहितको खोजी थालेको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले  युटुबर पीडित एक महिलाका आफन्त हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको छ ।

होटलमा पुगेर सामान्य अवस्थामा बसेका महिला र पुरुषका विषयमा नानाथरी आरोप लगाउँदै भिडियो बनाउने भाष्कर भने यति वेला भागेर काठमाण्डौ पुगेको अनि उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनको खोजीमा परिचालित प्रहरीले केही दिन पोखरा बसेका भाष्कर काठमाण्डौमा रहेको सूचना आएपछि काठमाण्डौ प्रहरीको सहयोगमा उनको खोजी थालिएको जानकारी गराएका छन् ।

केही वर्ष अघि सम्म स्थानीय पत्रिकाको हकर रहेका भाष्कर युट्युब च्यानल खोलेर एकाएक पत्रकारको आवरणमा हिड्न थालेका थिए । पत्रकारका लागि आवस्यक ज्ञान र दक्षता समेत नभएका भाष्करले आफ्नो च्यानल मार्फत सार्वजनिक गरेका दर्जनौं भिडियोमा कतै उनी आफैं न्यायाधिसको रुपमा प्रकट भएका छन् भने कतै श्रीमान श्रीमतिको सम्वन्ध विच्छेद गराउने विचौलीया र कतै घरायसी झगडा अनि विवाद मिलाउने मेलमिलापकर्ताको रुपमा देखिएका छन् ।


यसअघि पनि गैर संचारकर्मी चरित्र अनि सामाग्रीका कारण उनी विवाद अनि आलोचनामा तानिने गरेका थिए । विगतमा स्थानीय मात्र नभएर अन्य जिल्लाका सामाग्रीका कारण उनी विवादमा पर्ने गरेका थिए । तर, यसपटक स्थानीय स्तरमा नै रहेको होटलमा उनको गुण्डागर्दी प्रदर्शन भएपछि कानुनी कारवाहीको दायरामा तानिएका हुन् ।

आफुले चलाएको युट्युब च्यानलमा स्थान दिने भन्दै उनले सोझा सिधा नागरिकलाई ठग्ने र झुक्याउने गरेको घटनामा समेत यतिबेला सामाजिक सञ्जालमा आलोचकले आरोप लगाउन थालेका छन् । मिडिया संचालनका लागि आवश्यक कानुनी प्रकृया समेत पुरा नगरी पत्रकारको आवरणमा युट्युवबाट भिडियो सामाग्री प्रशारण गर्दै आएका उनी सहित उनको च्यानल माथि पनि प्रतिवन्धको माग नागरिक स्तरबाटै हुन थालेको छ ।

होटल सिमानामा पुगेर बनाएको भिडियोका कारण आफु समस्यामा परेपछि उनले यतिबेला सो विषयमा तयार पारेका भिडियो सामाग्री भने हटाएका छन् । तर फरक फरक नाममा भाष्कर समुहले नै सो दिनको भिडियो यतिबेला पनि सामाजिक संजाल र युट्युब मार्फत सार्वजनिक गर्न भने छाडेका छैनन् । उनले आफुलाई कानुनी कारवाहीका लागि दवाव मुलक समाचार बनाउँदै आएका संचारमाध्यमबाट आफ्ना विषयमा आएका समाचार हटाउन दवाव दिन समेत थालेका छन् ।

भाष्कर समुहले मिडियाका नाममा गरेको ज्यादतीका विषयमा घटना भएकै भोलि पल्ट नियमित समाचार प्रकाशन र प्रशारण गर्दै आएको बिर्तामोडबाट संचालित अनलाईन पत्रिका गुप्तचर खबर डटकमको अफिसियल युट्युव च्यानलका विषयमा आफ्नो समुह प्रयोग गरी झुटो दावी सहितका उजुरी गरेर समाचार प्रशारणमा नै अवरोध समेत खडा गरेका छन् ।

आफ्नो हर्कतका विषयमा सचेत नागरिक र संंचारकर्मी नै एक बनेको थाहा पाएपछि भाष्करले आफु सदस्य रहेको युट्युव टेलिभिजन पत्रकार संघ नामको अमुक संगठनको सामाजिक सञ्जालमा समुह नै खडा गरेर योजनावद्ध रुपमा सो घटनाका विरुद्धमा समाचार प्रकाशन र प्रशारण गर्ने संचारमाध्यमलाई दुख दिन थालेका छन् ।

उनले आफुलाई मात्रै नभएर अन्य युट्यवरलाई समेत समस्या हुने भन्दै यो विषयमा समाचार बनाउने संचारमाध्यममाथि दवाव दिन योजना वनाएको ग्रुप छलफलमा सहभागि एक युट्युवरले जानकारी गराएका छन् ।

सो घटनाका विषयमा नियमित समाचार प्रकाशन र प्रशारण गर्दै आएको गुप्तचर खबर अनलाइन संचालन गर्दै आएको कम्पनी ईसोल मिडिया प्रालिले पनि भाष्कर सहितको समुहका कारण युट्युवबाट हुँदै आएको आफ्नो प्रशारण रोकिएको जनाएको छ । कम्पनीले भाष्करकै च्यानल स्मार्ट नेपाल सहितको उजुरीका आधारमा युट्युब मुख्यालयले प्रशारणमा अवरोध पुर्याएको जानकारी गराएको छ ।

भाष्करका कारण तिन परिवारको विल्लीवाठ:

भाष्करले आफ्नो च्यानल मार्फत सार्वजनिक गरेको भिडियोमा देखिएका दुई महिलाको विचल्नी भएको छ । प्रमाण र कारण विना  मानमर्दन र चरित्र हत्या गरेर आफुहरुलाई मृत्युको मुखमा धकेलेको उनीहरुले वताएका छन् ।

सार्वजनिक भएको भिडियोका कारण मानअधिकारको समेत गम्भिर उलंघन भएको भन्दै उनीहरुले  मानवअधिकार उलंघनमा संलग्न भाष्कर सहितमाथि कारवाही गर्न माग समेत गरेका छन् ।

सार्वजनिक भएको भिडियो कारण परिवार टुटेको र वासस्थान समेत छाडेर हिंड्नु परेको भन्दै उनीहरुले आफ्नो जिवन रक्षाका लागि सहयोग गर्न समेत अपिल गरेका छन् । सुरक्षा खतरा र तनाव वढेपछि आफुहरु घर छाडेर हिडेको उनीहरुले वताएका छन् ।

यतिबेला आफन्तको घरमा आश्रय लिएर बसिरहेको भन्दै उनीहरुले मिडियाका नाममा भएको मानवअधिकार र व्यक्तिगत अधिकार हननको जघन्य अपराधको घटनामा संलग्न भाष्कर सहित छ जनामाथि कठोर कानुनी कारवाही गर्न माग समेत गरेका छन् ।

मिडियाका नाममा भाष्करको आतंक:

गत भदौ १ गते चारआलीका दुई महिला र एक पुरुष होटल सिमानामा पुग्छन् । निषेधाज्ञाका कारण होटल खोल्न पाउने पहिलो दिन भएकाले उनीहरु होटल खोज्दै सो होटलमा पुगेको पाईएको छ ।

होटलमा भारतीय समेत रहेकाले खाजा खान स्थान अभाव भएपछि होटलको कोठामा तिनै जना पुगेका थिए । खाजा खाँदै गरेको अवस्थामा भाष्कर अन्य सहयोगि समेत लिएर कोठामा प्रवेश गरेको सार्वजनिक भएको भिडियोमा देखिन्छ ।

भिडियो खिच्ने क्रममा महिला , पुरुष अनि होटलका संचालकले गलत काम नभएको भनेर अनुरोध गरिरहँदा समेत भाष्कर समुहको ज्यादती अनि आतंक रोकिदैंन । त्यहाँ उपस्थित माथि शारिरीक सम्पर्क अनि सम्वन्ध समेत रहेको आशयले धम्काउने सम्मका काम युट्युवरको समुहले गरेको देखिन्छ ।

उनीहरुले प्रतिवादको प्रयास गर्दा भाष्कर समुहले अन्तराष्ट्रिय मिडियाको मान्छे भन्दै उल्टै धम्काएको भिडियोमा देखिन्छ । नेपालको कानुन अनि संचारकर्मीको आचारसंहिता भन्दा वाहिर गएर भाष्करले अन्तराष्ट्रिय मिडियाको नाम लिँदै उनीहरुको अनुहार समेत देखिने अनि चिनिने गरी सो भिडियोमा आफ्ना उत्तेजक कुरा अनि शीर्षक समेत राखेर सो भिडियो सार्वजनिक गरेका थिए ।

भिडियो मार्फत उनले महिलाको नाम , ठेगाना र अनुहार समेत सार्वजनिक गरिदिएका थिए ।  ‘बिर्तामोड होटल काण्ड’, ‘बिर्तामोडको होटलमा देखियो यस्तो दृष्य’, ‘खाजा खाने बहानामा होटलमा यस्तो सम्म भयो’ लगायतका आपत्तिजनक शीर्षक राखेर सो भिडियोलाई भाष्कर समुहले सामाजिक संजाल मार्फत सार्वजनिक गरिदिएपछि केही घण्टा भित्रै भाईरल भएको थियो ।

आरोपी छुटाउन आन्दोलन:

प्रहरीले सामाजिक अपराधको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरेका होटलमा पुगेकी एक महिलाका काका ससुरा पर्ने हेमराज भट्टराई , एक युटुबर र स्थानीय सुवास कार्कीलाई रिहा गर्न माग गर्दै आन्दोलन समेत सुरु भएको छ ।

महिलाको मानमर्दन अनि चरित्र हत्या गरिएको विषयमा छानविन थालेको प्रहरीलाई दवाव दिन एउटा समुहले चारआली क्षेत्रमा दैनिक प्रदर्शन गर्न थालेको छ । उनीहरुले पक्राउ परेकालाई रिहा गर्न माग गर्दै आएका छन् ।

पक्राउ परेका भट्टराई , घिमिरे र कार्कीका आफन्त अनि छिमेकीले पक्राउ परेकालाई रिहा गर्न भन्दै आन्दोलन थालेका हुन् । सो दिन होटलमा रहेका पुरुष आवद्ध मजदुर संगठनको कार्यालयमा समेत उनीहरुले तालाबन्दी गरेका छन् ।

सामाजिक अपराधको यो घटनामा पक्राउ पर्नेको विषयलाई संचारमाध्यमले स्थान नदिएपछि यतिबेला उनीहरुलाई सहयोग गर्न प्रदेश एकका विभिन्न ठाउँमा रहेका युट्युवर पनि भेला भएका छन् । धरान , ईटहरी र विराटनगर देखिका युट्युवर पक्राउ परेका अभियुक्त रिहा गराउनका लागि यतिबेला झापा आएर सहयोग गरिरहेका छन् ।

यसो भन्छन प्रहरी:

ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख एवं प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले घटनाका विषयमा संलग्नलाई पक्राउ गरी अनुशन्धान अघि वढाईएको वताएका छन्  । उनले फरार अन्यको खोजी भइरहेको बताएका छन् । पक्राउ परेकालाई हिरासतमा राखेर अनुशन्धान सुरु गरिएको बताउँदै उनले अनुशन्धान पूर्ण बनेपछि कानुनी कारवाही अघि वढाउने वताएका छन् ।

सामाजिक संजालको दुरुपयोगका घटना वढेको अनि युट्युवरका नाममा सामाजिक अपराधका घटना हुन थालेको भन्दै उनले कानुन विपरीतका घटनामा संलग्न रहेका जो कोही माथि कानुन बमोजिम कारवाही गरेरै छाड्ने वताएका छन् ।

घटनामा पिडित बनेका महिलाको पुर्नस्थापना अनि सुरक्षाका विषयमा प्रहरी संवेदनशिल रहेको बताउँदै आचार्यले अपराधका घटनामा सहज अनुशन्धान अनि कारवाही अघि वढाउने काममा प्रहरीलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । 

उनको च्यानलमा रहेका भिडियो सामाग्रीका शिर्षक यस्ता छन्:

१. विदेशमा श्रीमान भएको वेला श्रीमति अर्कै केटा सँग टाप कसीन , श्रीमान श्रीमति खोज्दै मिडियामा
२. बुढेसकालमा विवाह गर्छु भनेर बेहुलीलाई तिन लाख दिंदा केटी पैसा लिएर फरार, उमेरले नछेकेको अनौठो प्रेम
३. आमाजुले ढोका थुन्ने , सासु भित्र छिर्ने र श्रीमानले कपाल लुछ्ने गर्थे– श्रीमानले फोन उठाउँदैनन्
४. चौबिस घण्टा नवित्दै श्रीमान सम्पर्कमा , एकै छिनमा झम्टीन आउँछ, घाँटी निचोर्न आउँछ भन्दै श्रीमान बोले
५. अन्त्यमा यसरी खुसी हुँदै अगालो हालेर मिले
६. दुइ पटक अर्कैसँग भाग्दा पनि स्विकारेको थिए , कोठामा अर्को नाठो खेलाउँदै बस्दा मन बुझाउने बाटो छैन
७. मोहनी लगाएर अर्काको श्रीमानलाई फसाएर भागेपछि , श्रीमति र बच्चाको बिचल्ली रुदैं मिडियामा
८ं. खुट्टामा राख्दा पनि नसुहाउने हुनुहुन्छ भनेर श्रीमति देवरसँग टाप कसिन , छोराछोरी लिएर श्रीमान मिडियामा
९. आफ्नो श्रीमती छोराछोरी बिजोग पारी अर्काको बुढी लिएर श्रीमान फरार , बाबा खोई भन्दै छोराछोरी
१०. तिजको दर खाएपछि साेल्टीले घर पुर्याउन जाँदा रक्सी खाएर सवै मातेपछि यसरी विग्रियो रोजीको सम्वन्ध
११. पब्जी खेल्दा विदेशमा रहेका पुरुषसँग लभ परेपछि दुधे छोरा र श्रीमान छाडेर भागिन रुपा
१२. छ महिना अघि भागि विहे गरेका संजयको श्रीमति हराएपछि तनावमा , भन्छन् जिन्दगीभर कुरेर बस्छु