रौतहट// रौतहटबाट भारतीय रुपैयासहित २ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जिल्ला गौर नगरपालिका-४ टिकुलियाका ३० वर्षीय  सुखाडी सहनी र 

OM Sai Pathibhara Hospital

 गरुडा नगरपालिका - १ जयनगरका ३५ वर्षीय अनिल भन्ने बिकास साह रहेका छन्। 

 सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरी टोलीले    ईशनाथ नगरपालिका वडा -१ लाल बकैयाको बाँध स्थितमा  सवारी तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो। 

 भारतबाट नेपाल तर्फ  आउंदै गरेको बा ३९ प १६९१ नं.को  मोटरसाईकलमा सवार उनिहरुको साथबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख  

८३ हजार ५ सय बरामद भएको प्रहरीले बताएको छ। 

आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बाराको पथलैयामा पठाईएको बताइएको छ।