सर्लाही//सर्लाहीबाट प्रहरीले ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागमती नगरपालिका–८ का २८ वर्षीय अरुण लामा र सोही ठाउँका २८ वर्षकै अगबर अन्सारी रहेका छन् ।

OM Sai Pathibhara Hospital

ईलाका प्रहरी कार्यालय बरहथवाबाट गस्तीमा निस्किएको प्रहरी टोलीले बरहथवा नगरपालिका–६ स्थित प्रहरी बिट नजिकै चौकबाट उनीहरुलाई पक्राउ गरेको हो।

बीआर ३० जे ३०८० नम्बरको मोटरसाइकलमा बरहथवा बजारतर्फ गइरहेका उनीहरुलाई  खानतलासी गर्दा  मोटरसाइकलको बाँया साईडको लेगार्डमा झुड्याइएको झोलाबाट उक्त पेस्तोल बरामद भएको प्रहरीले बताएको छ।

हतियारसहित पक्राउ परेका मध्ये अरुण लामा लागूऔषध मुद्दाका फरार अभियुक्त समेत रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी उद्धव सिंह भाटले  जानकारी गराएका छन्।

यस विषयमा  थप अनुसन्धान भइरहेको डीएसपी भाटले  बताएका छन्।