समाज

    Showing 10,271-10,280 of 11,162 items.
  • भद्रपुरका कृषकलाई गाई तथा कृषिऔजार वितरण

    झापा /  झापाको भद्रपुर नगरपालिका वार्ड नं १० ले वार्डलाई जैविक वार्ड बनाउने उद्देश्यले कृषकहरुलाई स्थानीयजातका गाई तथा कृषिऔजार वितरण गरेको छ ।वार्ड कार्यालयको सभाहल चन्द्रगढीमा आज आयोजित कार्यक्रमका बीच गोलोक गोवर्धन गौशाला शिवसतासी बाट प्राप्त २० जना कृषकहरूलाई प्रति किसान १,१ जनाका दरले २० वटा गाई तथा  १२ वटा टोल विकास संस्था लाइ प्रतिटोल विकास संस्थालाई एक एक थान गरि १२ वटा  मकै छोडाउने छर्ने मेसिन सहित एक एक  प्रति औषधी छर्ने स्प्रे समेत वितरण गरिएको हो ।कार्यक्रमका बारेमा प्रकाश पार्दै  वार्ड अध्यक्ष टेकबहादुर खड्का काजीले  वार्डले विगतमा पनि धेरै प्रशंसनीय

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 124 पटक पढिएको
  • पहिरोले नौ घर उच्च जोखिममा

    बनेपा / काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका –५ का नौ घर पहिरोको उच्च जोखिममा परेको छ । वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिरोले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं –५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिरोको उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्क प्रसाद चौलागाईँ, विशाल गौतम र मीनप्रसाद गौतमको घर पनि जोखिममा छ । ती घरको तलबाट पहिराे गएका कार

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 131 पटक पढिएको
  • घरमा आगलागी हुँदा आठ लाख बढीको क्षति

    कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । मंगलबार राति टुकीबाट सल्किएको आगोले  रामप्रसाद रानाका घरमा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिएका छन्। “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीर

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 130 पटक पढिएको
  • विद्यार्थी परिषदले गरे बाढी, पहिरो पीडितलाई राहत वितरण

    काठमाण्डौं / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी, पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।उक्त स्थानमा एक सय थान सुविधा सम्पन्न टेन्ट, एक सय थान प्लास्टिक सिट्स, ६ सय ७० थान स्लिपिङ म्याट्स र एक सय प्याकेज औषधी वितरण गरेको परिषद्ले जनाएको छ ।राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि  उपलब्ध गराएको थियो । अन्य बाढी पहिरो प्रभावित जिल्ला पनि राहत वितरण गर्ने परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 150 पटक पढिएको
  • पालिकाले व्यवस्थित ल्यान्डफिल साइट बनाउन सकेनन्

    चितवन / जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्यान्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्यान्डफिल बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् । यसका कारण नदी प्रदूषणको समस्या बढ्दो छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती फोहोर हुँदा वन्यजन्तु तथा जलचर प्रभावित हुने समस्या देखिएको छ ।  यहाँका कालिका र माडी नगरपालिकाले फोहोर सङ्कलनको योजनासम्म ल्याउन सकेका छैनन् । ती नगरपालिकामा टोल सुधार समिति र बजार व्यवस्थापन समिति मार्फतनै फोहोर व्यवस्थापन हुँदै आएको छ ।&nbs

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 126 पटक पढिएको
  • झापामा एक महिलाको शव फेला

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –६ स्थित बिहानी टोलमा एक महिलाको शव फेला परेको छ । अन्दाजी ४० वर्षीया सावित्रा खड्का विश्वकर्माको सुजन च्याउ उद्योगको कम्पाउन्ड अगाडि शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार साँझ आफूसँग सामान्य झगडा गरी घरबाट हिँडेकी श्रीमती बिहान मृत अवस्थामा भेटिएकाे उनका श्रीमान नारायण विश्वकर्माले बताए ।खुदुनाबारी सिस्ने घर भएका उनीहरु लामो समयदेखि अर्जुनधारा ६ मा डेरा गरी बस्दै आएका थिए । घटना सम्बन्धी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 210 पटक पढिएको
  • सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

    सर्लाही // सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। ।मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डल छन्। आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भएर उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । सिकिस्त भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 140 पटक पढिएको
  • घरायसी विवादमा श्रीमतीद्वारा श्रीमान्को हत्या

    दाङ  / घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिएका छन् ।आइतबार बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 127 पटक पढिएको
  • हेलम्बु राजमार्ग अवरुद्ध

    सिन्धुपाल्चोक / लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 174 पटक पढिएको
  • काठमाडौँ महानगरको फोहर व्यवस्थापन समस्या फेरि बल्झियो

    काठमाडौँ  / काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहर व्यवस्थापनका लागि सहज गरिदिन शहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ ।  विगत १४ दिनदेखि काठमाडौँ उपत्यकाअन्तर्गत १८ स्थानीय तहको फोहर नियमितरुपमा उठ्न नसक्दा अहिले जताततै दुर्गन्ध फैलिसकेको छ । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल सिसडोलमा रहेका फोहरको ढिस्कोलाई पन्छाएर नै बञ्चरेडाँडामा फोहर लाने हो, अहिले पानी परिरहेकाले पनि व्यवस्थितरुपमा बाटो बनाउन सकिँदैन । पानी पर्न कम भएपछि व्यवस्थितरुपमा फोहर पन

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.