काठमाण्डौं / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी, पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

उक्त स्थानमा एक सय थान सुविधा सम्पन्न टेन्ट, एक सय थान प्लास्टिक सिट्स, ६ सय ७० थान स्लिपिङ म्याट्स र एक सय प्याकेज औषधी वितरण गरेको परिषद्ले जनाएको छ ।

OM Sai Pathibhara Hospital

राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि  उपलब्ध गराएको थियो । अन्य बाढी पहिरो प्रभावित जिल्ला पनि राहत वितरण गर्ने परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

मंगलबार पालुङटारमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपिनाथ कँडेल, राष्ट्रिय  सह संगठन सचिव रमेश कँडेल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, पालुङटार नगरपालिकाका प्रमुख दीपक बाबु कँडेल, प्रहरी निरीक्षक सोम दास ढकाल लगायत बाढी पहिरोबाट प्रभावित परिवारको उपस्थिति रहेको थियो ।