झापा /  झापाको भद्रपुर नगरपालिका वार्ड नं १० ले वार्डलाई जैविक वार्ड बनाउने उद्देश्यले कृषकहरुलाई स्थानीयजातका गाई तथा कृषिऔजार वितरण गरेको छ ।

वार्ड कार्यालयको सभाहल चन्द्रगढीमा आज आयोजित कार्यक्रमका बीच गोलोक गोवर्धन गौशाला शिवसतासी बाट प्राप्त २० जना कृषकहरूलाई प्रति किसान १,१ जनाका दरले २० वटा गाई तथा  १२ वटा टोल विकास संस्था लाइ प्रतिटोल विकास संस्थालाई एक एक थान गरि १२ वटा  मकै छोडाउने छर्ने मेसिन सहित एक एक  प्रति औषधी छर्ने स्प्रे समेत वितरण गरिएको हो ।

OM Sai Pathibhara Hospital

कार्यक्रमका बारेमा प्रकाश पार्दै  वार्ड अध्यक्ष टेकबहादुर खड्का काजीले  वार्डले विगतमा पनि धेरै प्रशंसनीय कार्यहरू गरेको उल्लेख गर्दै आफूहरूले  जैविक वार्ड बनाउने उद्देश्यले वार्ड भित्रका २० जना लक्षित किसानलाई एक एक वटा स्थानीय जातका गाई तथा वाछाहरु प्रदान गरेको बताएका छन् ।

नगरप्रमुख जीवकुमार श्रेष्ठको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा नगरपालिका भित्र कोभिड नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै  नगरपालिकाका  स्वास्थ्य शाखाका मनोज भट्टराईलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

खड्काको अध्यक्षता तथा सचिव मनकुमार डाँगीको सञ्चालनमा सम्पन्न  कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ ,गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाज, समाजिक व्यक्तित्व असारु राजवंशी ,गौशालाका महासचिव घनश्याम अधिकारी ,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई  लगायतले मन्तव्य राखेका थिए ।