सर्लाही // सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। ।

मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डल छन्।

OM Sai Pathibhara Hospital

आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भएर उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सिकिस्त भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।