बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –६ स्थित बिहानी टोलमा एक महिलाको शव फेला परेको छ । 

अन्दाजी ४० वर्षीया सावित्रा खड्का विश्वकर्माको सुजन च्याउ उद्योगको कम्पाउन्ड अगाडि शव फेला परेको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

आइतबार साँझ आफूसँग सामान्य झगडा गरी घरबाट हिँडेकी श्रीमती बिहान मृत अवस्थामा भेटिएकाे उनका श्रीमान नारायण विश्वकर्माले बताए ।

खुदुनाबारी सिस्ने घर भएका उनीहरु लामो समयदेखि अर्जुनधारा ६ मा डेरा गरी बस्दै आएका थिए । घटना सम्बन्धी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।