समाज

    Showing 10,121-10,130 of 11,162 items.
  • रुकुममा पहिचान नखुलेको अवस्थामा पुरुष मृत फेला

    रुकुम/ नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार  राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने बताइएको छ । 

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 184 पटक पढिएको
  • भालुको आक्रमणबाट बैतडीमा दुई घाइते

    बैतडी  / जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन्।शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले बताए।घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 177 पटक पढिएको
  • हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु

    कञ्चनपुर  / लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको हिजो (शनिबार) राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ। झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिएका छन् । हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भाग्न थालेपछि, भाग्ने क्रममै उनलाई हात्तीले आक्रमण गरेको थियो । हो–हल्ला गरी हात्ती भगाएर  अस्पताल पुर्‍याउँदा रानाको ज्यान गय

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 111 पटक पढिएको
  • म्याग्दीमा नासिँदै सम्पदा, उजाड बन्दै बस्ती

    म्याग्दी / डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती ,गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का नासिएर अहिले देखिन/भेटिन छोडेका छन् । गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इन्जिनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौ पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएर गए पनि यिनको संरक्षणका ल

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 149 पटक पढिएको
  • बझाङमा डेढ महिनादेखि बिजुली आपूर्ति ठप्प

    बझाङ / बाढीले क्षति पुर्याएका विद्युतका आयोजनाको मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकारमय बनेका छन् । खप्तडछान्ना गाउँपालिका–१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् ।गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोबाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड दोस्रो लघु जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ । बाढीले आयोजनाको नहर र विद्युत् गृहमा क्षति भए

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 124 पटक पढिएको
  • खोलामा डुबेर झापामा पुरुषको मृत्यु

    बिर्तामोड / माछा मार्न गएका एक पुरुषको गौरीगन्ज गाउँपालिका २ पिण्डानघुटु स्थित खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-१ का ३८ वर्षीय भीम सोरेन रहेका छन्। शनिबार बेलुका माछा मार्न भनेर गएका उनी आइतबार बिहानसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको विषयमा खबर पाएलगत्तै प्रहरीको टोलीले खोज्ने क्रममा आइतबार दिउँसो शव फेला पारेको हो। उनको शव खोलामा डुबिरहेको अवस्थामा फेला परेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 237 पटक पढिएको
  • खोटाङमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

    खोटाङ / खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएकी एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । प्रसुती व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –२ सोल्माकी ३० वर्षीया शान्ता विकलाई आज (आइतबार) राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विकलाई उक्त हेलिकोप्टर मार्फत उद्धार गरि काठमाडौँको प्रसूति गृह थापाथली पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।यसअघि उनले शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको र यसपटक आठ महिनामै प्रसुती व्यथा सुरु भएका

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 122 पटक पढिएको
  • आम्दानीको राम्रो स्रोत बन्दै बट्टाई पालन

    फुङ्लिङ, \ ताप्लेजुङको फुङ्लिङ नगरपालिका – ७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दानी गरिरहेका छन । उनी सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाई पालनतिर लागेका हुन।उनले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन । बजारमा प्रति अण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि ४०० सम्ममा बिक्री गर्दै आएको तामाङले बताए । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उनले अहिले घरमा ३०० भन्दा बढी बट्टाई पाल्दै आएका छन ।राम्रो आम्दानीको स्रोतसँगै घरको सौन्दर्यसमेत दिने भएकाले बट्ट

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 144 पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर चिसो बढेसँगै आज दशका केही उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपातको सम्भावना रहेको छ ।आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।यस्तै, रातिसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने र सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 182 पटक पढिएको
  • छोरालाई एसिड प्रहार गरेको आरोपमा एक पक्राउ

    सोलुखुम्बु / सोलुखुम्बुबाट एसिड प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका –५ सल्लेरीका ५० वर्षीय मोहन बराइली रहेका छन् । बराइलीले मादक पदार्थ सेवन गरी आफ्नो २५ वर्षीय छोरो र अन्य एक जनालाई एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते भएका दुबै जनाको काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । एसिड प्रहार गर्ने बराइलीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.