काठमाडौं/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर चिसो बढेसँगै आज दशका केही उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपातको सम्भावना रहेको छ ।आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, रातिसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने र सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ ।