सोलुखुम्बु / सोलुखुम्बुबाट एसिड प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका –५ सल्लेरीका ५० वर्षीय मोहन बराइली रहेका छन् । 

OM Sai Pathibhara Hospital

बराइलीले मादक पदार्थ सेवन गरी आफ्नो २५ वर्षीय छोरो र अन्य एक जनालाई एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट घाइते भएका दुबै जनाको काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

एसिड प्रहार गर्ने बराइलीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।