बिर्तामोड / माछा मार्न गएका एक पुरुषको गौरीगन्ज गाउँपालिका २ पिण्डानघुटु स्थित खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-१ का ३८ वर्षीय भीम सोरेन रहेका छन्। 

शनिबार बेलुका माछा मार्न भनेर गएका उनी आइतबार बिहानसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको विषयमा खबर पाएलगत्तै प्रहरीको टोलीले खोज्ने क्रममा आइतबार दिउँसो शव फेला पारेको हो। 

उनको शव खोलामा डुबिरहेको अवस्थामा फेला परेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।