समाचार

    Showing 9,921-9,930 of 23,636 items.
  • प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाँदै

    काठमाडौं— अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पक्का भएको छ । उनी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट १ असोजमा काठमाडौं फर्कने छ । सम्भवतः यो अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 566 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    सुनसरी— सुनसरीको इनरुवा नगरपालिका–७ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।साउन ३ गते राति साढे १० बजे को।३४ प ५१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका ३५ वर्षीय पारस यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।दुर्घटनामा मोटरसाइकल चालक यादवसहित पछाडि सवार ३५ वर्षीय रवि सरदार घाइते भएका थिए। घाइते दुबैजनालाई उपचारका लागि इनरुवा अस्पताल लैजाँदै गर्दा यादवको बाटोमै मृत्यु भएको हो। सरदारको उपचार जारी रहेको जनाइएको छ।घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 415 पटक पढिएको
  • लागू औषधसहित ५ जना पक्राउ

    विराटनगर— सुनसरी र झापाबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।सुनसरीको इनरुवा नगरपालिका–६ मा चेकजाँच गर्दा प्रहरीले इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादवलाई ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र ३,६९४ क्याप्सुल नियन्त्रित औषधीसहित पक्राउ गरेको हो।त्यसैगरी, अस्थायी प्रहरी चौकी बरगाछीले इनरुवाकै २१ वर्षीय विश्व लिम्बुलाई ९३० चक्की नियन्त्रित औषधीसहित नियन्त्रणमा लिएको छ। अस्थाय

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 483 पटक पढिएको
  • टीकापुरमा शिक्षकको शंकास्पद मृत्यु, तीन जना पक्राउ

    टीकापुर — टीकापुरमा शनिबार साँझ एक शिक्षकको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले घटनाको अनुसन्धान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिहरूको परिचय खुलाएको छैन।मृतक शिक्षकको पहिचान जानकी गाउँपालिका–४ कञ्चनपुरस्थित जनता नमूना माध्यमिक विद्यालयका ४५ वर्षीय अंग्रेजी शिक्षक जगदीस पन्तको रूपमा गरिएको छ। उनी धनगढी उपमहानगरपालिका–तारा नगरका स्थायी बासिन्दा थिए र विगत १७ वर्षदेखि सो विद्यालयमा अध्यापन गर्दै आएका थिए।प्रधानाध्यापक नारायण तिमिल्सिनाका अनुसार साउन ३ गते बिदापछि धनगढीबाट फर्किएका पन्त अर्को शिक्षकसँगै दुर्गौलीमा छुट्टाछुट्टै डेरामा बस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 596 पटक पढिएको
  • राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउदै

    सुर्खेत – फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको हो । राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले पाँच सदस्यीय समन्वय समति गठन गरि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । राउटे समुदायको संरक्षण गर्न आवश्यक ऐन निर्माणका लागि विधेयक बनाउने, राउटेको प्रोफाइल तयार पार्ने र राउटे करिडोरको खाका तयार गर्नका लागि सामाजिक विकास मन्त्रालयले राउटे समन्वय समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा आदिवासी ज

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 431 पटक पढिएको
  • संविधान सर्वोत्कृष्ट, दोष निर्वाचन प्रणालीमा होइनः कांग्रेस सहमहामन्त्री यादव

    विर्तामोड— नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्रकुमार यादवले वर्तमान संविधानलाई सर्वोत्कृष्ट भन्दै यसको विशेषताबारे चर्चा गरेका छन। कांग्रेस झापाद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसदमा सबै जात, वर्ग, लिङ्ग र क्षेत्रको समावेशी प्रतिनिधित्व देखिएको संविधानलाई ‘फूलबारी’को संज्ञा दिए।“समतामूलक सहभागिता, मिश्रित प्रणाली र सबैको प्रतिनिधित्व संविधानको प्रमुख विशेषता हो,” नेता यादवले भने, “संविधानकै कारण बहुमत आउन सकेन भन्नु गलत हो। पार्टीभित्रको अन्तरघात, जनमुखी कार्यक्रमको अभाव र नेताहरुबीचको इष्र्या–इगो नै हारको मुख्य कारण हो।”निर्वाचन प्रणालीमा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 489 पटक पढिएको
  • ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भेट हुँदै, एमाले राजनीतिमा चासो बढ्दै

    काठमाडौं — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी राजनीतिमा सक्रिय भइसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ। उक्त भेटवार्ता दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा तय गरिएको छ।पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेशको विषयमा हालै बसेको एमाले सचिवालय र पोलिटब्यूरो बैठकमा व्यापक छलफल भएको थियो। बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओली स्वयंले भेट गरेर छलफल गर्नुपर्ने सुझाव दिएपछि यो भेट तय गरिएको हो।भण्डारीले गत असार १४ गते ७४औं मदन जयन्तीको अवसरमा एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरेकी थिइन्। त्यस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 280 पटक पढिएको
  • सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    सुनसरी— सुनसरी जिल्लामा शुक्रबार बिहान भएका दुई फरक सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।इटहरी उपमहानगरपालिका–२० स्थित बिहान पौने १० बजे प्रदेश नं. २–०१–००३ प २७२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५० वर्षीय बिमल कुमार साह गम्भीर घाइते भएका थिए। सिरहा, लहान–८ निवासी साहको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–५ मा प्रदेश १–०२–००२ ख ०२४० नम्बरको टिपरले प्रदेश १–०२–०४३ प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३५ वर्षीय सुदिन यादव गम्भीर घाइ

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 403 पटक पढिएको
  • करेन्ट लागेर झापा र सुनसरीमा दुई जनाको मृत्यु

    विराटनगर— झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको अर्जुनधारा नगरपालिका–४ का ३५ वर्षीय दीपक पाण्डे साउन २ गते दिउँसो साढे २ बजे बिर्तामोड–२ स्थित विद्युत् ट्रान्समिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।उक्त दिनकै दिउँसो सुनसरीको रामधुनी नगरपालिका–६ की १८ वर्षीया स्मृति चौधरी आफ्नै घरमा रहेको पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दुवै घटनाको सम्बन्धमा सम्बन्धित प्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 410 पटक पढिएको
  • सुनसरीमा लागू औषधसहित ५ जना पक्राउ

    सुनसरी– सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।साउन २ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ स्थित चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस लागू औषधसहित जिल्ला प्रह

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 573 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.