समाचार

    Showing 9,491-9,500 of 19,664 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 210 पटक पढिएको
  • काठमाण्डूको धोबीखोलामा कार खस्यो

     काठमाण्डू :आइतबार बिहान काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको हो।कार ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। उनको सकुशल उद्धार गरिएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 259 पटक पढिएको
  • दमकमा हात्तीको उपद्रो

    दमक  ।  दमक २ नम्बर वडामा  हात्तीले ७ वटा घर भत्काएका छन्।  पाङ्रीचोकमा गीता धिमालको घर पूर्ण रूपले क्षति भएको र एभरेस्ट टोलमा राम श्रेष्ठको घर पनि क्षति पुर्‍याएको छ। अरु पाँचवटामा भने सामान्य क्षति पुर्‍याएको छ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 154 पटक पढिएको
  • जंगली जनावर मार्न धराप थापेको आरोपमा चारजना पक्राउ

    कैलाली । कैलालीमा जंगली जनावर मार्न थापेको धरापमा युवक परेको घटनामा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरी रहेका छन् ।गौरीगंगा नगरपालिका-१ को मौवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।उनी उपचारपछि घर फर्किसकेका छन् । पक्राउ परेकाविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 146 पटक पढिएको
  • सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरे

    काठमाण्डौ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको जानकारी दिएका हुन्।सर्बेन्द्रका अनुसार, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।‘म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’खनालले २६औं प्रहरी प्रमुखका रूपमा २०७४ चैतदेखि २०७६

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 174 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 375 पटक पढिएको
  • चिनसंग भैसीको मासु निर्यात सम्बन्धी सम्झोता खारेजको मांग गर्दै बिरोध जुलुस

    काठमाण्डू :चिनसँग भएको भैँसीको मासु निर्यातबारे सम्झौता खारेज गर्न माग गर्दै सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ । सो मस्यौदामा पशुसेवा विभागले काम गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 246 पटक पढिएको
  • झापाको कमलमा ब्राउन सुगरसहित चारजना पक्राउ

    बिर्तामोड :झापाको कमल गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलका तीन र शिवसताक्षीका एकजना छन्।प्रहरीका अनुसार   हिजो अपरान्ह ४बजे मल गाउँपालिका ४ साधुटोलस्थित सीता नेम्बाङको घरकोठाभित्र स्थानीय ज्योतिटोल बस्ने ३९ वर्षीय धनराज लिम्बू, साधुटोल बस्ने २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङलाई शंकास्पद अवस्थामा खानतलासी लिइएको थियो ।प्रहरी टोलीले शरीर तथा कोठासमेत खानतलासी गर्दा उनीहरुमध्ये धनराज लिम्बूले लगाएको जम्परको अगाडिपट्टिको गोजीमा प्लाष्टिकसहित १ ग्राम ४३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।सोही बेला धनराज लिम्बूला

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 222 पटक पढिएको
  • भीम रावलको पूर्बी नेपालको दौडाहा

     मोरंग :‘मातृभूमि जागरण अभियान’ को क्रममा शनिबार विराटनगर पुगेका पूर्वगृहमन्त्री डा.भीम रावललाई एमाले, एकिकृत समाजवादीका नेता-कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूले स्वागत गरेका छन । पूर्वी यात्रामा निस्किएका डा. रावलले झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको भ्रमण गर्ने बताइएको छ ।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 214 पटक पढिएको
  • पत्रकार पुडासैनी अब रहेनन

    पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 149 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा