काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल मूल्य प्रतितोला ७ हजार ४ सयले बढेर २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि असोज १२ गते सुन मूल्य प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमासुन १२० रुपैयाँले बढी हो । गत आइतबार चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।