समाचार

    Showing 8,161-8,170 of 25,627 items.
  • बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मौनी

    काठमाडौं— बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टेक बहादुर मौनी आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २३ गते उनलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको थियो।मन्त्रालयले प्रशासकीय अधिकृतको रुपमा पठाएसँगै मौनी मंगलबार पालिकामा हाजिर भएका हुन् ।मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरुको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।मौनीलाई पालिकामा भव्य स्वागत गर्दै नगर प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला जोशी न्यौपाने लगायत अन्य पालिकाका कर्मचारीहरुले उनलाई खादा र फुलमाला सहित भव्य स्वागत गरेका छन् । पद सम्हाल्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 373 पटक पढिएको
  • नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् । सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ । काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् । एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 328 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औँ बैठक बस्ने भएको छ ।  बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 318 पटक पढिएको
  • आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै

    काठमाडौं— आज बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको दोषबाट मुक्ति मिल्ने विश्वासमा शतबीज छरिन्छ ।  ।मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् ।शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 346 पटक पढिएको
  • माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क

    मुस्ता। नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो । उहाँले  अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए।  उक्त निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५०० अमेरिकी डलर बुझाउने पर्ने बाध्यता हटेको छ । अब मुस्ताङ भ्रमण गर्ने विदेशीले माथिल्लो मुस्ताङमा जतिदिन बस्छन् त्यति

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 266 पटक पढिएको
  • क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

    काठमाडौ। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण परिपालनामा जोड दिएको छ । विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन एवम् सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको पूर्ण परिपालनामा जोड दिएको छ । नेपाल राष्ट्र बैंकबाट विदेशी परिवत्र्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्राको कारोबा

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 243 पटक पढिएको
  • डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु

    भक्तपुर ।  बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ ।प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रात भरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा ५०० भन्दा स्थानीयले आफ्ना दिवङ्गत पितृको सम्झन

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 284 पटक पढिएको
  • एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ । मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए ।  उनले भने, ‘टोलीलाई हृदयदेखि नै शुभकामना दिन चहान्छु । एसिसि प्रिमियर कप जुन भईरहेको छ त्यसको लागि तपाईहरु एकदमै भाग्यमानी हो । तपाईहरुले आफूलाई कमजोर ठान्नु भएन र कसैले ठानेको छ जस्तो पनि मलाई लागेको छैन् । तपाईहरुले राम्रो अवसर पाउनु भएको छ, यसलाई नगुमाउनु होल

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 227 पटक पढिएको
  • जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला :ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् ।  यो हाम्रो पार्टीविरुद्धको स

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 176 पटक पढिएको
  • पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले  पोखरा एभेन्जर्सलार्ई ५३ रनले पराजित गरेको छ । विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो । पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको हो । विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् । यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 283 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.