समाचार

    Showing 8,121-8,130 of 25,627 items.
  • जारी बैठकबाट कांग्रेस एकढिक्का, महाधिवेशन र फागुन चुनावमा सशक्त रूपमा प्रवेश: युवा नेता नैनसिंह महर

    काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्। जारी केन्द्रीय समिति बैठकबाट वर्तमान सन्दर्भमा उठेका सबै आवाजलाई आत्मसात् गर्दै सर्वसम्मत निर्णयका साथ पार्टी एकतावद्ध हुने वातावरण बन्दै गएको उनले दाबी गरे।नेता महरले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र संस्थापन पक्षीय अन्य नेताहरूसँग नियमित तथा छुट्टाछुट्टै संवाद गरेका थिए। यसै गरि बिशेष महाधिवेशन पक्षधर संग पनि छलफल गरेका थिए ।ती भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले देश र कांग्रेस अगाडि जटिल समस्या रहेकाले पार्टीले नेतृत्व

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 346 पटक पढिएको
  • आज सामान्य रुपमा बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुन ७ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । जसका कारण आज  चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 348 पटक पढिएको
  • पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए । यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 399 पटक पढिएको
  • अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

    काठमाडौं— अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो ।कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो । स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड, स्पेयर पाट्र्स तथा लाइफसाइकल सपोर्ट पाउनेछ ।यसबाहेक, भारतलाई २१६ थानसम्म एम ९

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 364 पटक पढिएको
  • सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैनः प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् ।उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन ।’ प्रधानमन्त्री कार्कीले गृह प्रशासन र

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 339 पटक पढिएको
  • बाजुराको कोल्टीबाट राष्ट्रिय परिचयपत्र सेवा पुनः सुचारु

    बाजुरा— बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीबाट राष्ट्रिय परिचयपत्र सेवा पुनः सुचारु गरिएको छ । गत भदौमा बर्षातको समयलाई मध्यनजर गर्दै १ महिनाका लागी राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु गरिएको भएपनि बिचमा सेवा रोकिएको थियो ।अबदेखि नियमित रुपमा कोल्टीबाटै सेवा प्रवाह हुने गरि काम सुचारू गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । माथिल्लो क्षेत्रका नागरिकको सहजताका लागी राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले बताए ।कोल्टीमै सहज रुपमा सेवा पाउँदा नागरिकलाई सदरमुकाम मार्तडी धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पूर्वी–उत्

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 246 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।  बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला/विज्ञसँग छलफल   गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 316 पटक पढिएको
  • बाजुराको दानसाँघु खोलामा जडाङ्गाको बेलिब्रिज स्थानान्तरण हुने, आवतजावतमा सहज हुने अपेक्षा

    बाजुरा— बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बुढिनन्दा नगरपालिकाको दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणको लागी शिलान्यास गरिएको छ । लामो समयको अथक प्रयास पछि उक्त खोलामा पुल निर्माणका लागी बुधबार शिलान्यास गरिएको हो ।बुढीनन्दा नगरपालिकामा उप–प्रमुख रामबहादुर बोहराले बेलिब्रिज पुलको शिलान्यास गरेका हुन् । साँफे मार्तडी सडकखण्डको जडाङ्गा स्थित प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई दानसाँघु खोलामा स्थानान्तरण गरि पुनः स्थापना गर्न लागिएको हो ।सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा उक्त पुल सार्न लागेको हो । नगरपालिकाको निरन्तर प्रयासपछी पुल स्थानान्तरण प्रक्रियाले सार्थकत

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 250 पटक पढिएको
  • अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान, कुल रकम ७४.७ करोड डलर पुग्यो

    काठमाडौं— नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । ऊर्जा ग्रिडको विश्वसनीयता तथा बजार पहु

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 408 पटक पढिएको
  • आज विश्व बाल दिवस

    काठमाडौं— आज विश्वका विभिन्न देशमा विश्व बाल दिवस मनाइँदै छ । प्रत्येक बर्ष नोभेम्बर २० तारीकका दिन अन्तराष्ट्रिय रुपमा विश्व बाल दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ मा आज कै दिन बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरीएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 312 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.