काठमाडौं— आज विश्वका विभिन्न देशमा विश्व बाल दिवस मनाइँदै छ । प्रत्येक बर्ष नोभेम्बर २० तारीकका दिन अन्तराष्ट्रिय रुपमा विश्व बाल दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ मा आज कै दिन बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरीएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।






































