समाचार

    Showing 8,111-8,120 of 25,627 items.
  • भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

    काठमाडौं— भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ ।  भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले उपलब्ध गराउने १० वटामध्ये  एकवटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् ।नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्ज

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 311 पटक पढिएको
  • नेप्से करिब स्थिर अवस्थामा, कारोबार रकममा भने सामान्य सुधार

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक करिब स्थिर अवस्थामा देखिएको छ । यसदिन ०.९३ अंकको झिनो मात्रामा घटेको नेप्से करिब स्थीर हुँदै २५६०.१५ विन्दुमा रोकिएको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।बुधबार ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको बजारमा यसदिन कुल ३२८ स्टकको ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर कारोबार भएको छ । कुल ६६ हजार ७९ पटकको कारोबारमा उक्त किनबेच भएको हो ।यसदिन नेप्से घ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 266 पटक पढिएको
  • सिमरामाको घटनाबारे नागरिक समूहले भन्योः निर्वाचन खतरामा पर्नसक्छ

    काठमाडौं— बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ ।नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ ।सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको विज्ञप्तिमा उल्लेख छ ।जेन–जी सम

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 293 पटक पढिएको
  • सिमरा घटनाः दुवै पक्ष संवादतर्फ उन्मुख

    बारा— बाराको सिमरामा आन्दोलित जेनजी समूह र प्रशासन बिच बार्ताको तयारी अघि बढाइएको छ ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आह्वान गरेका हुन ।जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन । प्रशासनले गरेको आह्वानलाई  जेनजी समुहले स्वीकार गरेपनि बार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन।यद्यपि, बार्ता भने इलाका प्रहरी कार्यालय सिमरामा बस्नुपर्ने उनीहरुको अडान छ । जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रश

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 239 पटक पढिएको
  • एक सय रोपनी जग्गामा किवी फार्म

    रामेछाप— जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती लगाएका छन् । खड्काले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर आफ्नो निजी जमिनमा १७ सय बोट किवी लगाएका छन् । त्यस मध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन दिएको छ । फर्ममा रहेको किवी अब टिप्ने बेला भएको छ । तर खड्का अहिले किवी बेच्ने योजनामा छैनन् । अहिले किवी कोल्डस

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 225 पटक पढिएको
  • चोरी भएका ५१ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण

    काठमाडौं— काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ ओटा मोटरसाइकल र १८ ओटा स्कुटर सम्बन्धित धनीलाई  हस्तान्तरण गरेको हो । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 236 पटक पढिएको
  • सिमरा घटनाः अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

    रौतहट— बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्य

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 377 पटक पढिएको
  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध

    काभ्रेपलाञ्चो। बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नं को बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट अर्को बससँग ‘कम्पिटिसन’

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 248 पटक पढिएको
  • मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी

    दमौल। मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । उहाँले यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका जानकारी दिनुभयो । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गर्नुभयो । उहाँका अनुसार ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 229 पटक पढिएको
  • हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी

    कठमाडौं— हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो ।विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्तपुरका किसान स्वस्थानि के.सीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो । त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो ।अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरक

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 296 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.