समाचार

    Showing 7,871-7,880 of 19,574 items.
  • अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

    म्याग्दी । वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि चार समूहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् ।उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभाग

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 265 पटक पढिएको
  • राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्न सुरु गरेको छ । राप्ती नदी क्षेत्रमा यही चैत १ गतेदेखि गुँड खोज्न सुरु गरिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । आगामी वैशाख १० गतेसम्म निकुञ्जले दुईजना कर्मचारी खटाएएको बताउँदै स्थानीय बोटे समुदायका व्यक्तिले पनि गोहीको गुँड खोज्न सहयोग गरिरहेका उनले जानकारी दिए । बोटे समुदायका व्यक्तिले गुँड खोजेर त्यसको रेखदेख गर्ने भन्दै मगरले वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ गुँडका दुई सय ४

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 253 पटक पढिएको
  • ‘महिलासँग उपमेयर कार्यक्रमः गर्भवतीलाई पोषण भत्ता’

    तनहुँ । आमा र शिशुको स्वास्थ्य सुधारका लागि जिल्लाको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरी सेवाप्रति आकर्षित गराउन नगरले पोषण भत्ता उपलब्ध गराएको हो । नगरपालिकाका अनुसार गर्भवतीको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने जोखिम भएकाले त्यसको अन्त्यका लागि यो किसिमको कार्यक्रम अघि ल्याइएको हो । नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 365 पटक पढिएको
  • रसुवागढी नाकाबाट आठ महिनामा चार हजारभन्दा बढी चिनियाँ गाडी भित्रिए

    रसुवा । उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ वटा सानाठूला सवारीसाधन भित्रिएका हुन् ।आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन् । सो नाकाबाट गत आव  २०८०÷८१ मा सात हजार तीन सय ७७ वटा सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।यसैबीच रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन न

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 186 पटक पढिएको
  • चैत्र कृष्ण औँसीः घोडेजात्रा

    काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । न

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 354 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १४६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रूपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रूपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 418 पटक पढिएको
  • चिनी उत्पादन अनुपातमा ह्रास

    महोत्तरी । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ ।सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रवन्धक सुरेन्द्र शुक्लाले बताए ।उद्योगले यसवर्ष लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ । गत मङ्सिर २६ गते सुरु भइ फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरिएको शुक्लाले बताए । गत वर्ष उद्योगले २९ लाख चार हज

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 284 पटक पढिएको
  • तिनकुने घटनाको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ; रास्वपा

    काठमाण्डौ  ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तिनकुने घटनामा गृहमन्त्री जिम्मेवार रहेको आरोप लगाएको छ ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै आन्दोलन अराजक हुन सक्ने पूर्व सूचनाहरुका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरुले देखाएको उल्लेख गर्दै विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनपर्ने बताएका छन् ।रास्वपाले भनेको छ: शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो । लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु  स

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 352 पटक पढिएको
  • ​​​​राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल पक्राउ

    काठमाण्डौ  ।   काठमाण्डौ प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा बिएण्ड बी अस्पतालमा घाइतेहरु भेटेर फर्किने क्रममा पक्राउ परेका छन् ।​​​​राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल लगायतका केही व्यक्ति शुक्रबार साँझ पक्राउ परेका छन्। मिश्र र राणालाई सातदोबाटो र नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो। राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरी प्रदर्शनमा परिचालित भएका

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 351 पटक पढिएको
  • स्थिति सहज नभए पछि कर्फ्यु आदेशको समयावधि थपियो

    काठमाण्डौ  ।   स्थिति सहज भएको छैन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले कर्फ्यु आदेश लम्ब्याएको छ । प्रशासनको पछिल्लो सूचनाअनुसार कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लागू गरिएको हो ।  कर्फ्यु लाग्ने स्थानहरु तल दिएको छ । बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म ।काठमाडौं प्रशासनले अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप आज रातिीको १० बजेदेखि मिति भोलि बिहान ७ ब

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 221 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा