समाचार

    Showing 7,871-7,880 of 25,627 items.
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १४० औँ बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 401 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

    मोरङ । मोरङको विराटनगर-१३ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०९ गते लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जहदा गाउँपालिका-१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 123 पटक पढिएको
  • सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।वैदेशिक रोजगारीमा रहेका न

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 511 पटक पढिएको
  • एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा

    काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ ।आगामी मंसिर २७ गते महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित सडक नजिकैको खुला चौरमा गर्न लागिएको हो । काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरमा गर्ने भएको हो । महाधिवेशनको बन्द सत्र भने काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमै हुने भएको छ ।यसबारेमा निर्णय गर्न महासचिव शंकर पोखरेल संयोजक रहेको सचिवालयले आवश्यक निर्णय लिनेछ । ‘भृकुटीमण्डपमा उद्घाटन गर्दा यातायात व्यवस्थापनदेखि कार्यकर्ता अटाउनसमेत समस्या हुने देखियो’, एमाले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 541 पटक पढिएको
  • रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको बिभत्स हत्या, घरभित्र गाडिएको अवस्थामा शव फेला

    सर्लाही— रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ ।भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्य फरार रहेको प्रह

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 365 पटक पढिएको
  • एमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

    काठमाडौं— नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो ।मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 396 पटक पढिएको
  • जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आए

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 360 पटक पढिएको
  • एनपीएलः आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन्। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ।विराटनगरले हालसम्म हारको सामना गरेको छैन। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ। चितवन तालिक

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 439 पटक पढिएको
  • आज एनपीएल क्रिकेटमा विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

    काठमाण्डौ  ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज अपराजित विराटनगर किंग्सलाई चितवन राइनोजले चुनौती प्रस्तुत गर्दै छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भ

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 254 पटक पढिएको
  • बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 379 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.