समाचार

    Showing 7,861-7,870 of 19,574 items.
  • पाल्पामा चालु आवमा १८८ क्षयरोगी

    तानसेन (पाल्पा) । पाल्पामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ८८ नयाँ क्षयरोगी भेटिएका छन् । जिल्लाका दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष तीन सय ६३ क्षयरोगी फेला परेकामा यस वर्ष आठ महिनामा एक सय ८८ जना फेला परेका र तिनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । आठ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४०, रामपुरमा ३७, रैनादेवी छहरामा १९, माथागढी तथा निस्दीमा १८÷१८ क्षयरोगी फेला परेका छन् । यस्तै पूर्वखोलामा १५, तिनाउमा १२, बगनासकालीमा ११, रिब्दीकोटमा १० र रम्भामा आठ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष १३ जना

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 294 पटक पढिएको
  • पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

    काठमाडौं—  समाचार संकलनका क्रममा शुक्रबार तीनकुने हिंसा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् ।एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।पत्रकार सुरेश रजकका भान्जा राजेश रजकले दिएको जानकारीअनुसार गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन् ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 195 पटक पढिएको
  • राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग

    काठमाडौं—ं नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले राजावादी आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको क्षतिपूर्ति माग गरेको छ। शुक्रवार काठमाडौंमा भएको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति पाउनुपर्ने माग महासङ्घले गरेको हो। आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट व्यावसायिक वातावरण र व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुन पुगेको महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले  निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायतका गतिवि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 222 पटक पढिएको
  • दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन; रजकको मृत्यु प्रकरण

    काठमाण्डौ । शुक्रबार राजा समर्थकहरूको अराजक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु प्रकरणलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजक शुक्रबार राजावादी समूहको आन्दोलनलाई कभर गर्ने क्रममा जलेको अवस्थामा मृत फेला परेका थिए । घटनाको क्रममा आन्दोलनकारीहरूले तिनकुनेस्थित एक घरमा आगजनी गरेका थिए ।सोही घरबाट भि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 336 पटक पढिएको
  • पुष्कर खतिवडा इमाडोल क्षेत्रबाट पक्राउ

    काठमाण्डौ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 329 पटक पढिएको
  • आन्दोलन जारी छ: नवराज सुवेदी

    काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहेको जनाएको छ । शनिबार समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएको हो । आन्दोलनको नेतृत्वको जनता स्वयंले गरेको समितिले दाबी गरेको छ । कसैकाे इसारामा आन्दोलन नहुने समितिले बताएकाे छ । शुक्रबार तीनकुनेका भएको घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता रहेको भन्दै बदनाम गराउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ । दुर्गा प्रसाईंलगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रमपछि रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाललगायतलाई पक्राउ गर्ने काम भएको भन्दै आफूलाई नजरबन्दमा राखिएको संयुक्त जनआन्दोलन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 440 पटक पढिएको
  • यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय)

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 371 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति लुम्बिन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 199 पटक पढिएको
  • सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेदको घटनामा विस्थापित भई परिवारसहित उठीबास लगाइएका दलित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ । मदन भण्डारी आवास कार्यक्रममार्फत मधेस सरकारको रू पाँच लाख ६० हजार लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुने जनाइएको छ । एक साताभित्रै घर निर्माण सुरू गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।‘केही दिनअघि पीडित परिवार म कहाँ आउनुभएको थियो । त्यही समयमा मैले उहाँको घर बनाइदिने प्रतिबद्धता गरेको थिएँ’, मुख्यमन्त्री सिंहले भने, ‘अब एक साताभित्रै काम सुरू हुनेछ ।’ यसअघि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 304 पटक पढिएको
  • औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

    मुस्ताङ । चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।उहाँका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 331 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा