समाचार

    Showing 7,861-7,870 of 23,576 items.
  • जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् । तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए । ‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा नि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 586 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख १६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी शुक्रबार २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 608 पटक पढिएको
  • युक्रेन युद्धविराम प्रयासमा पुटिनले निराश पारे -ट्रम्प

    चेकर्स, बेलायत— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई रोक्ने आफ्नो प्रयासमा ‘वास्तवमै निराश पारेको’ बताएका छन् ।बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रुसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उनले पुटिनले वास्तवमै निराश बनाएको बताएका हुन् । बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताए । उनले पुटिनविरुद्ध आफ्नो आगामी कदमको बारेमा भने केही बताएनन् ।यसैबीच उनले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रुसी तेल किन्न बन्द गर्

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 722 पटक पढिएको
  • संविधान दिवसमा एमाले नेताहरूको प्रतिबद्धताः ‘आलोचना स्विकार, सुधारमा अग्रसर’

    काठमाडौं— नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे ।महासचिव शंकर पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पारे । ‘समीक्षाबाट भाग्ने पार्टी होइन नेकपा एमाले,’ उनले भने, ‘हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 585 पटक पढिएको
  • उपाध्यक्ष घिमिरे भन्छिन लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ

    काठमाडौं— राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । उनले भनिन् ,‘जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजला

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 603 पटक पढिएको
  • भीमफेरी गाउँपालिकाद्वारा पाटन हेटौंडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण

    हेटौंडा— मकवानपुरको भीमफेरी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण गरिएको छ ।जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी गाउँपालिका कार्यालयले आज कम्प्युटर दुइ थान, प्रिन्टर ३ थान हस्तान्तरण गरिएको हो ।भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिष्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत जि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 501 पटक पढिएको
  • कांग्रेस सभापति देउवाको निवासमा भएको आक्रमणप्रति दुःख व्यक्त, अफवाहहरूप्रति खण्डन

    काठमाडौं— नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले एक प्रेस वक्तव्य जारी गर्दै भदौ २३ र २४ गतेको जेन–जी पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा भएको हिंसा र अफवाहप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।प्रेस वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत उनले व्यक्त गरेका छन्।वक्तव्यमा भनिएको छ कि ‘आन्दोलनलाई बदनाम गर्न र व्यक्तिगत स्वार्थ पूरा गर्न केही समूहहरूले देउवा निवाससहित विभिन्न स्थानमा आक्रमण र तोडफोड गरेका थिए ।’भदौ २४ गते देउवाको नि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 584 पटक पढिएको
  • संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र क

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 603 पटक पढिएको
  • पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

    काठमाडौं –  नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 495 पटक पढिएको
  • कोशी सरकारले आन्दोलनपीडित परिवारलाई काजक्रियाका लागि राहत दिने निर्णय

    विराटनगर—  जेन्जी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले पाँच लाख रुपैयाँसम्मका सम्पूर्ण योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिँदै आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा सरकारको तर्फबाट गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको र आन्दोलनमा संलग्न मृतकका परिवारलाई काजक्रियाका लागि एक–एक लाख रुपैयाँ दिने निर्णय भएको बताए ।त्यस्तै, आन्दोलनका क्रममा भएको भौतिक पूर्वाधारको क्षतिबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई कार्तिक ९ गतेसम्मको समय सिमा दिइएको छ ।यसैबीच, कोशी प्रदेश सरकारका मुख्यमन्

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 346 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.