समाचार

    Showing 7,821-7,830 of 19,574 items.
  • बहुमतले पारित पाँचवटा प्रतिस्थापन विधेयक

    काठमाडौं— राष्ट्रिय सभाबाट विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सरकारले जारी गरेको अध्यादेशसँग सम्बन्धित विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको हो । बैठकले ‘सुशासन प्रवर्द्बन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक पारित गरेको हो । त्यस्तै, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐ

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 160 पटक पढिएको
  • तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल

    भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ रु तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको रु तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । ‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ,

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 145 पटक पढिएको
  • मेरो बोल्ने शैली सच्याउने प्रतिबद्धता गर्दछुः सञ्चार मन्त्री गुरुङ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो बोल्ने शैलीले कसैलाई चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै भने, ‘मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।’उनले अगाडि थपे, ‘एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिप लोजिकमा विश्वास गर्छु । शैलीका हिसाबले पनि । मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 244 पटक पढिएको
  • आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र

    राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् । गर्मीयाममा नेपालगञ्ज, कोहलपुरलगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताए । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आउनुभएका रिजालले गर्मीयाममा दैनिक ३००÷

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 224 पटक पढिएको
  • आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

    तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो । उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपा

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 275 पटक पढिएको
  • राष्ट्रिय सभाबाट बहुमतले पारित भयो सहकारी सम्बन्धी विधेयक

    काठमाडौं— राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ ।सोमवार राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो ।त्यसअघि उक्त प्रश्तावमाथिको छलफलमा सांसदहरुले राखेको जिज्ञासाका बारेमा मन्त्री अधिकारीले जवाफ दिएका थिए।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 349 पटक पढिएको
  • गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्राको शुभारम्भ

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गरेका छन् ।कालीगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार तथा धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना  गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ । यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक रहेको उल्लेख गर्दै ल

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 196 पटक पढिएको
  • विश्वप्रकाश शर्मा भन्छन संवैधानिक राजतन्त्र नरहने अनुभव कांग्रेससँग छ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र राख्ने प्रयासमा कांग्रेस असफल भएको बताएका छन् । तर, अब राजतन्त्र देशमा नफर्कने उनको भनाइ छ ।सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा शर्माले राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको बताए । उनले विगतमा कांग्रेसले विधानमै ' संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको बताए ।“पूर्वपञ्चहरू, आज तपाईंहरूलाई संवैधानिक राजतन्त्र चाहियो ? हिजो कांग्रेसले संवैधानिक राजतन्त्रलाई आदर्श बनाएर त्यसका लागि लड्दै गर्दा कांग्रेसलाई गोली ठोकिएको होइन?,” शर्माले प्रश्न गर

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 360 पटक पढिएको
  • सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

    वीरगञ्ज (पर्सा) । पर्सामा इस्लाम धर्मावलम्बीहरूले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् । वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ । वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्ति

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 218 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ’, सन्देशमा भनिएको छ, ‘रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।’इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्परा

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 281 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा