काठमाडौं— हङकङको ताई पोस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा लागएको भयानक आगलागीले ४४ जनाको ज्यान लिएको छ । अधिकारीहरूले अहिलेसम्म २७९ व्यक्तिको अवस्थाबारे पुष्टि हुन बाँकी रहेको बताएका छन्।

आगो हिजो बिहान पौने ३ बजेतिर शुरू भएको थियो । द्रुतगतिमा फैलिँदै गएपछि आगो  स्थानीय प्रशासनले हङकङको सबैभन्दा उच्च तहको ‘लेभल–फाइभ अलार्म’ जारी गर्यो ।

घटनामा ४५ जना गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ, तर धेरैले चुरोटको ठुटोबाट आगो लाग्ने सम्भावना व्यक्त गरेका छन्।

आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू १८ घण्टा सम्म खटिएका थिए। प्रहरी प्रशासनले निर्माण कम्पनीका ठेकेदारसहित जिम्मेवार मानिएका केही व्यक्तिलाई गिरफ्तारी गरेको छ ।

उद्धारकर्ताहरूले धुवाँले भरिएको भवनबाट एक शिशु र एक वृद्ध महिलालाई जिउँदै बचाउन सफल भएका थिए।