समाचार

    Showing 7,791-7,800 of 19,574 items.
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक आजदेखि १८ घण्टा सञ्चालन हुने

    काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ । नेपाल नागरिक उड््डयन प्राधिकरणअन्तर्गतको हवाई याताया

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 286 पटक पढिएको
  • बब्लु टी स्टाल–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरू !

    वीरगञ्ज (पर्सा) । तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उनी कहिल्यै विचलित भएनन् ।एक न एक दिन त वीरगञ्जवासीको धित मर्ने गरी चिया पिलाउने अभिलाषासहित आफ्नो यात्रामा निरन्तर डटेर लागिरहे । जसको परिणामस्वरुप अहिले सम्भवतः वीरगञ्जकै सबैभन्दा धेरै चिया बिक्री गर्ने चर्चित ‘बब्लु टी स्टाल’का सञ्चालकका रूपमा नयाँ परिचय कमाएका छन् । सुरुआती दिनमा उनलाई चिया बेच्न सहज भने पक्कै थिएन । ‘३० वर्षअघि त शनिबार वीरगञ्ज

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 299 पटक पढिएको
  • भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

    टक्सार (भोजपुर) । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताए । रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान थालिएको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षे

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 235 पटक पढिएको
  • एमाले कार्यवाहक अध्यक्षको जिम्मा ईश्वर पोखरेललाई

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक गएपछी वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।पार्टी अध्यक्ष ओलीले एमालेको विधान २०४९ को (संशोधन २०७८) को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 379 पटक पढिएको
  • सांसद गिरी भन्छन नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक छ

    काठमाडौं— नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले यस्तो बताएका हुन् । उनले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए। नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भएपनि चलखेल गरिएको उनको आरोप छ ।उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 253 पटक पढिएको
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चापागाई नियुक्त

    काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चुडामणि चापागाई नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् ।नेप्सेको सीइओ छनौटमा चुडामणि चापागाईंसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए । यसअघि नेप्सेको सीईओमा लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन ।अर्थमन्त्रालय स्रोतका अनुसार चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले न

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 261 पटक पढिएको
  • युएईमा एक सय ६६ जना नेपालीलाई आम माफी

    काठमाडौं— सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ ।अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 294 पटक पढिएको
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न नेपालको संविधानबमोजिम सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज मंगलबार थाइल्यान्ड प्रस्थान गरेका छन् । 

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 260 पटक पढिएको
  • तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको आजै अन्त्येष्टि गरिने

    काठमाडौं— राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पोस्टमार्टम सकिएसँगै उनको आजै आफन्तले अन्तिम संस्कारको तयारी गरेको प्रहरीको भनाइ छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी २९ सविन महर्जन वर्षीय प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएके थियो। तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागेसँगै महर्जनलाई उपचारका क्रममा मृत्यु भएको हस्पिटलले जनाएको छ ।तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समे

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 292 पटक पढिएको
  • ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन  उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान गरेका हुन्।प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।औपचारिक भ्रमणका क्रममा बुधबार प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। द्विपक्षीय वार्तापछि

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 256 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा