हेटौंडा— हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्र बनाउने उद्देश्यले सडक छेउका संरचना भत्काउने तयारीसँगै यस्तो व्यवस्था लागू गरिन लागिएको हो ।बाइपास मार्ग तयारी अन्तिम चरणमा पुगेको छ । सडक विस्तारका कारण हुन सक्ने असुविधा कम गर्न वैकल्पिक मार्ग निर्माण तीव्र गतिमा अघि बढाइएको डिभिजन सडक कार्यालयले जनाएको छ। यसको लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा डिभिजन सडक कार्यालयका प्राविधिकहरूले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्गको स्थलगत निरीक्षण गरेका छन् । आवश्यक मर्मत तथा बेस निर्म
विराटनगर— जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये इटहरी–३ का २९ वर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङका ४७ वर्षीय मदन खत्री रहेका छन् । खत्री हाल इटहरी–४ मा बस्दै आएका थिए ।प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा पह
काठमाण्डौ । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ।उच्च अदालत पाटनका न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरानैटीमा छाड्न आदेश दिएको हो।उनी गत असोज २६ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनीविरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो ।
काठमाडौं— साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज पनि १०.४३ अंकले वृद्धि हुँदै २६ सय ७६.०३ बिन्दुमा पुगेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ । बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने आज कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ । यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो
काठमाडौं— नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ । बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती गरेको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ ।विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ ।बैठकको सहअध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री चरणजीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी स
काठमाडौं— नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।बिहिबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८।२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेल जितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।
काठमाडौं— आज एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ । बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् । एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोनक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरु कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नुपर्ने बताए । उनले भने, ‘नेपालको आधुनिक राजनीतिकमा योगदान गरेको एउटा शक्ति भन्ने हो भने त्यो कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्ट पार्टी हो । त्यस अर्थमा केहीपनि इमान्दार कम्युनिष्टले लाज मान्नुपर्ने छैन् । गौरव गर्न
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रविकिरण हमालले सरकारले वार्तामा बोलाएर सिंहदरबारको गेटबाटै छिर्न नदिएको बताएका छन् । माइतीघरमा आन्दोलित रहेको जेनजीहरुलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले गर्दा आजको अवस्था सिर्जना भएको बताए । सिंहदरबार कसैको निजी सम्पत्ति नभई सबै जनताको भएको भन्दै त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्ने पनि उनको भनाइ छ । उनले भने, ‘सरकारले हाम्रा साथीहरुलाई वार्तामा बोलाउनुभयो तर गेटमै रोक्नु भयो । योभन्दा ठूलो अवमूल्यन के हुन सक्छ । अस्ति जुन रगत बगेको थियो त्यो किन बगेक
काठमाडौं— ‘पोखराको नवयुग’ शीर्षकमा मंगलबार पोखरामा सम्पन्न पत्रकार सम्मेलनमार्फत इनोभेट नेपाल ग्रुप (आइएनजी) ले फिस्टेल माउन्टेन कलेज मार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि (आईटी) शिक्षाको नयाँ युग सुरु भएको औपचारिक घोषणा गरेको छ । कार्यक्रमका प्रमुख वक्ता तथा आइएनजीका संस्थापक–अध्यक्ष सुलभ बुढाथोकीले नेपालभर प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप र टेक उद्यमशीलता विस्तार तथा विश्वस्तरीय परियोजनामार्फत युवाहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउँदै आएको संस्थाको यात्रा विस्तृत रूपमा प्रस्तुत गरे ।कार्यक्रममा भैरव टेकको उपलब्धि पनि प्रस्तुत गरियो, विशेषगरी पेरिस ओलम्पिक
काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको हो । लुम्बिनीले सुरुवाती १० ओभरमा २ विकेट गुमाएर ७० रनको अवस्थामा रहेको लुम्बिनीले बाँकी १० ओभरमा ८ विकेट गुमाएर ७३ रन मात्र जोड्न सक्यो । लुम्बिनीको फिनिसिङ राम्रो नहुँदा उसले मध्यम रन मात्र जोड्यो । आज लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने । डार्सी सर्ट १८,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.