काठमाडौं— नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।बिहिबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८।२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेल जितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।






































