काठमाडौं— काठमाडौंको थापाथली चोकमा प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडितलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान थापाथलीको बीच सडकमा बसेर सवारी आवागमन अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको हो ।पक्राउ पर्नेमा १२ जना पुरुष र १० जना महिला गरी २२ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहाराले जानकारी दिनु भयो ।नाराबाजी गर्दै ललितपुरबाट काठमाडौंको शान्तिबाटिकातर्फ गइरहेका उनीहरुलाई प्रहरी पक्राउ गरी सिंहदरबार परिसरका राखिएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।पीडितहरूका अनुसार, उनीहरू गत शनिबार नै तराईका विभिन्न जिल्लाबाट प्रदर्शनका
काठमाडौं— नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म विस्तार गर्न आग्रह गरेका छन् ।नेपाल सांस्कृतिक महासंघ झापाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सभापति थेवेले झापामा चारतारे सांस्कृतिक समूह गठन गर्दाको इतिहास सम्झदै प्रत्येक पालिका तहमा संगठन बिस्तार गर्न आग्रह गरेका हुन् ।पालिका तहमा संगठन नहुँदा कला, संस्कृति क्षेत्रका लागि पालिकामा छुट्ट्याइएको बजेट फ्रिज हुने अवस्था रहेको बताउँदै उनले योजना बनाउँदा पालिका तहबाट बजेट बढाउन सकिने आश्वासन दिए । संगठन बिस्तार र सक्रियताका लागि पार्टीले सबै प्रकारको सहयोग गर्ने
काठमाडौ — उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् ।तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले उर्जा क्षेत्रको विकास गर्न चाहेको बताए ।“सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ
काठमाडौँ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गरेका थिए ।बिहीबार स्व
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर
ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए । विसं २०७४ मा सिकार आरक्षले ग
म्याग्दी । बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए ।‘राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो’, उनले भने, ‘हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बङ्गुर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।बिहीबार कामपाको उपप्रमुख एवं अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित प्रसूतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमूना सङ्कलन तथा परीक्षण कार्यको शुभारम्भ गरेकी हुन् । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण विश्लेषण गरेको थियो ।घुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डङ्गोलले, खाद्य स्वच्छताबाट उपभ
तुलसीपुर (दाङ) । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा बिहीबार एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ । गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकट काटेका थिएनन् ।काठमाडौँबाट पनि तीन जनाले मात्र टिकेट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । तीन महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम रु सात हजार १०० मात्र कायम गरिएको छ । नियमित भाडा रु आठ हजार ७७५ भए पनि हाललाई रु सात हजार १०० मात्र कायम गरिएको छ ।टरिगाउँम
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी मौसम बढेसँगै विविध कारणले केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको जानकारी गराउँदै सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ ।बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माणलगायत निर्माणकार्यसँगै निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैला जलाउने कार्यलगायत कारणले काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुआत नभइसकेको अवस्थामा केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको प्राधिकरणले जनाएको हो ।वायु गुणस्तर सूचकाङ्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.