झापा / बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका – ७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ ।सिगास –८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन ।ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मंसिर १६ मा मृतावस्थामा फेला परेका थिए ।टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदे
काठमाडौं / ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा ३ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीनै जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएका हुन् ।
झापा / जनमत पार्टीका अध्यक्ष सिके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् ।राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारवाही गर्ने धम्की दिइएको हो । आज मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ ।जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारवाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिर
झापा / सिके राउत नेतृत्वको जनमत पार्टीले हड्ताल गरेपछि सिरहामा भोलि बेलुकीसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेदेखि नै निषेधाज्ञा लागू गरिएको हो ।आज बेलुकी सात बजेसम्म निषेधाज्ञा रहन्छ भने भोलि बुधबार बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म फेरि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय सिरहाले जानकारी दिएको छ ।जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरेकोले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाको भनाइ छ ।प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए । बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल
झापा / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ । विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । ‘प्रधानन्यायाधीश, उनको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी परेको छ, उजुरीमाथि छानबिन सुरु भएको छ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले भने, अनुसन्धान अधिकृत तोकेर छानबिन गर्ने तयारी हाम्रो छ ।’ पदमा रहुन्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनु
झापा / लुम्बिनी प्रदेशमा स्थित जिल्ला पाल्पाको तानसेन–तम्घास सडक बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म गरि दिनको ६ घण्टा बन्द हुने गरको छ ।तानसेन नगरपालिका रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भीरमा सडक निर्माणका लागि पुस २२ गतेसम्म बन्द गरिने सडक कार्यालय पाल्पाले जानकारी गराएको छ । सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले पुस १२ गतेदेखि २२ गतेसम्म १० दिनका लागि सडकमा चहलपहल गर्न बाट सवारीसाधनलाई रोक लगाएको बताएका छन् ।पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकमा हुने गरेका दुर्घटना र सडक अवरुद्ध भएका कारण सडक पुनर्निमाण गरिएको हो । पहाड काटेर माटो र ढु
झापा / भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ ।
झापा / जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । “विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ रु”, प्राचार्य भक्तबहादुर मल्लले भने । मेला लगाएबापत विद्यालयलाई रु ५० हजार दिएको समेत उनले बताए ।कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा
झापा / महोत्तरी जिल्लाको एकडारा गाउँपालिका –३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकँुडा, ग्यास सिलिन्डर, चुल्हा र घरसमेत जलेर रु पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।
झापा / जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस –७ र हाल दोरम्बा सैलुङ गाउँपालिका –४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए ।निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुर बाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.