समाचार

    Showing 7,651-7,660 of 25,627 items.
  • जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

    काठमाडौं— गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् । जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो । उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ । स्थायी ठेगाना अन्य जिल्ला भएक

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 199 पटक पढिएको
  • धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

    जनकपुर— धनुषामा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कि रोशनी झाको शंकास्पद मृत्यु भएको हो । गत बिहीवार राति रोशनी झा भर्याँङबाट खसेको भनी उनको माइतमा ससुराली पक्षले टेलिफोनमार्फत जानकारी गराएका थिए । रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।यता धनुषाका एसपी रुगम बहादुर कुँवरले आज विहान आफैं घटनास्थलको निरीक्षण गरेका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनीले आत्महत्या

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 563 पटक पढिएको
  • कामबाट निकालिएको रिसमा हत्या, दुई जना पक्राउ

    रौतहट— बारा प्रहरीले पानी फ्याक्ट्रीका प्रबन्धकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का प्रबन्धक (म्यानेजर) राम किशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।फ्याक्ट्री नजिकै रातिको समयमा  धारिलो छुरा र इँटाले टाउको थिचेर  हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहालाई पक्राउ ग

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 595 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकेो छ । आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 490 पटक पढिएको
  • प्रहरीमा एसएसपीको ७ पद रिक्त, १७ जनामा प्रतिस्पर्धी हुने

    काठमाडौं— नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) को ७ सिट रिक्त भएको छ । कात्तिक १७ गते पाँच जनालाई डीआईजीमा बढुवा गर्ने निर्णयसँगै पाँच पद रिक्त भएको थियो भने त्यसपछि थप दुई सिट रिक्त भएको छ ।विश्व अधिकारीको डीआईजीमा बढुवा र एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएसँगै रिक्त सिट संख्या ७ पुगेको हो । कात्तिक २० मा गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका थिए ।कात्तिक १७ गते भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले डीआईजीमा बढुवा भएका थिए । उनीहरू २०५६ असार ३ मा सेवा प्रवेश गरेका थिए । सो ब्याचको एक नम्बर वरीयतामा र

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 447 पटक पढिएको
  • साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

    काठमाडौं— पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन् । गम्भीर रूपमा बिग्रिँदो परिस्थितिले देशभर ठूलो मानवीय क्षति भएपछि श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा डिसानायकेले सार्वजनिक संकटकाल लागू गरेका छन् । हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ ।प्रकोपका बीच उद्धार तथा राहत कार्यलाई सहज

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 218 पटक पढिएको
  • सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

    सर्लाही— सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मोटरसाइकल चालक बागमती नगरपालिका – १२ बस्ने ३२ वर्षीय साने मगर रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जिल्लाको बागमती नगरपालिका–४ जिरायत चोकमा बिहीबार दिउँसो करिब १ः३० बजे भरततालबाट जिरायततर्फ गइरहेको ना.३च.९५०० नमबरको बोलेरो पिकअपले उही दिशामा गईरहेको प्र.२–०२–००४प ३५०८ नम्बरको मोटरसाइकललाई मोड्ने क्रममा ठक्कर दिएको हो ।टाउको, छाती र दायाँ खुट्टामा चोट लागेका मगरलाई उपचारका लागि बागमती मोडेल अस्पताल कर्मैया लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि बारास्थित एल एस न्युरो अस्पतालमा रेफर गरिए

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 479 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं— पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको थियो । आज बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी छ ।गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा टुंगो नलाग्दा लम्बिएको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 446 पटक पढिएको
  • एनआरएनए एकताको स्वागत गर्दै डा. पौडेलले भनेः भावनात्मक एकता आवश्यक्ता छ

    अमेरिका— गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष डा.केशब पौडेलले संघमा आइतबार भएको एकताको स्वागत गरेका छन्।अन्तरिम सरकारकी प्रधानमंत्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा आयोजित एक समारोहमा एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठ तथा डा.बद्री केसीसमूह बीच एकताका लागि १० बुंदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो।‘गैर आवासीय नेपाली संघमा बृहद एकताकोलागि हस्ताक्षर सम्पन्न भएको छ।  तर अझै पनि कतिपय मुद्दाहरुमा विभिन्न पक्षबीच मतभिन्नता कायमै छ। त्यसैले भावनात्मक एकता आजको आवश्यकता हो,’ एनआरएनए अभियन्ता डा.पौडेलले भने। ‘मैले सधैंभरि संस्थालाई एकजुट बनाउनु पर्छ भनेर सक्दो पहल गरिरहें। ने

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 503 पटक पढिएको
  • तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    काठमाडौं— सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो m।४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ । नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाट–घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् ११० किमी लामो २२० केभी प्रसारण लाइनमार्फत न्यू बुढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ ।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 449 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.