काठमाडौं— साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकेो छ । 

आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ ।