समाचार

    Showing 7,641-7,650 of 25,627 items.
  • जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेनस् सहकारी पीडित

    काठमाडौं— सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् ।मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए ।उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 518 पटक पढिएको
  • पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी

    काठमाडौं— एड्स रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधी एआरटिको प्रयोगका कारण पछिल्लो नौ वर्षमा एड्स रोगबाट हुने मृत्युदर ६२ प्रतिशतले कम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।डब्लुएचओका अनुसार एआरटिको पहुँच र सेवा विस्तारका कारण सन २०१५ देखि २०२४ सम्म एड्स सम्बन्धी रोगबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी आएको हो भने नयाँ संक्रमण ३२ प्रतिशतले कम भएको छ ।हाल एचआईभी भएका व्यक्तिहरूमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जस मध्ये ७४ प्रतिशत (करिब २.७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५–९५–९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 485 पटक पढिएको
  • नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

    काठमाडौं— नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।नेपाल एयरलाइ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 537 पटक पढिएको
  • बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला

    बाँके— बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए। तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन्  । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् । आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये  १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेक

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 530 पटक पढिएको
  • हसिनालाई बंगलादेशको अर्को अदालतले सुनायो पाँच वर्षको जेल सजाय

    काठमाडौं— बंगलादेशको एक अर्को अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ ।स्थानीय मिडियाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको सशस्त्र कारावास, उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्षको सशस्त्र कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ ।सोमबार, ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकी सहित १७ जनाविरुद्ध आफ्नो फैसला सुनाएको हो ।भ्रष्टाचार विरोधी आयोगले पूर्वाचल नयाँ शहर परियोजनाको लागि सरकारी जग्गा अधिग्रहण गरेको आरोपमा मुद्दा दायर गर

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 516 पटक पढिएको
  • पर्यटन व्यावसायीकरणका लागि विश्वव्यापी मापदण्ड अपनाउन आग्रह

    काठमाडौं— नेपालमा पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन विश्वव्यापी मापदण्डहरूको अवलम्बन अनिवार्य भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन्।कार्यक्रममा बोल्ने वक्ताहरूमध्ये पर्यटन विज्ञ तथा उद्योगीहरूले पर्यटन सेवा–सुविधालाई गुणस्तरीय बनाउने, पेशागत तालिमको विस्तार गर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचनाहरू विकास गर्नुपर्ने आवश्यकता औंल्याए।उनीहरूले नेपालले प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विशाल पर्यटन सम्भावना बोकेको भए पनि सेवाको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा अझ सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन।कार्यक्रममा सहभागीहरूले पर्यटकम

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 495 पटक पढिएको
  • मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

    काठमाडौं— बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ । पहिले ७ लाखबाट सीमित गरिएको यो सीमा अब वृद्धि भई १५ लाख कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले दुई वर्षअघि कसिलो मौद्रिक नीति अपनाउने क्रममा ओभरड्राफ्ट कर्जा तथ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 467 पटक पढिएको
  • बुढीगंगामा एक जना मृत फेला

    बाजुरा— बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही नगरपालिका वडा नम्बर १० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन् ।रावत वडा नम्बर–९ मा रहेको जुवापानी डाँडामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरबाट हिडेर बेपत्ता भएका रावतको प्रहरीमा खोजीका लागि निवेदन पश्चात् खोजी कार्य गर्दा उनी मृत फेला परेका हुन् ।मृत अवस्थामा फेला परेका रावत मानसिक सन्तुलन  गुमाएका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन् ।रावतको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको प्रहरी निरि

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 444 पटक पढिएको
  • नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

    काठमाडौं— सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता  सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले  संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।  मनाङ्स्थित  नार्पा भुमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रबद्र्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रा.लि.

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 538 पटक पढिएको
  • गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

    रामेछाप— रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिन दुईवटा अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ को बाम्तिमा अस्पतालहरू सञ्चालनमा छन् । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तिमा १५ शैय्याको अस्पताल सञ्चालनमा छ । त्यस्तै गाउँपालिकाको केन्द्र प्रीतिमा रहेको अस्पताल भने ५ शैय्याको रहको छ । दुवै अस्पतालको लागि संघीय सरकारले स्वास्थ्य चौकी तहका स्वास्थ्यकर्मीको दरबन्दी दिएको छ । ब

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 303 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.