काठमाडौं— नेपालमा पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन विश्वव्यापी मापदण्डहरूको अवलम्बन अनिवार्य भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूमध्ये पर्यटन विज्ञ तथा उद्योगीहरूले पर्यटन सेवा–सुविधालाई गुणस्तरीय बनाउने, पेशागत तालिमको विस्तार गर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचनाहरू विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

उनीहरूले नेपालले प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विशाल पर्यटन सम्भावना बोकेको भए पनि सेवाको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा अझ सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन।

कार्यक्रममा सहभागीहरूले पर्यटकमैत्री वातावरण, प्रविधिमैत्री सेवा, सुरक्षाका मापदण्ड र दिगो पर्यटन नीतिको प्रभावकारी कार्यान्वयनले मात्र नेपाल विश्व पर्यटन बजारमा प्रतिस्पर्धी बन्न सक्ने धारणा राखेका थिए।