काठमाण्डौ । सशस्त्र प्रहरीमा बैशाख ३ गतेदेखि रिक्त हुन लागेको एआईजीको एक पदका लागि तिव्र प्रतिस्पर्धा सुरु भएको छ । एआईजी चन्द्रप्रकाश (सिपी) गौतमले आगामी ३ बैशाखदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।गौतमको अवकाशपछि रिक्त हुने पदका लागि मुख्यगरी चार डीआईजीबीच प्रतिस्पर्धा छ । डीआईजीहरू गणेश ठाडा मगर, कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीबीच प्रतिस्पर्धा छ ।अहिले एआईजी हुने तीन वर्षपछि आईजीपी हुने सम्भावना भएकाले अहिले बढुवामा चर्को प्रतिस्पर्धा देखिएको हो । पैसा खर्च गरेर भएपनी अहिले एआईजी हुने दाउमा कमल गिरी देखिएका छन। उनी पूर्वआईजीपी शैलेन्द्र खनालका निकट मानिन्छन्
नवलपरासी । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासीको गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर मंगलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताए।‘दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्,’ उनले भने, ‘भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएक
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित
सिराहा । प्रधानमन्त्री ओलीको कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारलाइ छानबिनको माग गरिएको छ।आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको आजको आसभा कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् ।प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको समाचार बाहिरिएपछि पूर्वमन्त्री साहले यस्तो माग गरेका हु
चपुर । लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहटबाट गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी पक्राउ परेका छन् ।प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्ने चार थान गोलीसहित गिरिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताएका छन । झोलुङ्गे पुलको बाटो हुदै लागु औषध गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा भेटिएको प्रहरिले बताएको छ ।गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोलि र १ थान गोलि लोड रहेको कटुवा पेस्तोल फेला परेको प्रहरिले बताएको छ। साथै अन्य फरार रहेका व्य
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक-कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएका शिक्षक-कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर-बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षक
काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित राज्यविरुद्धको कसुरका २० आरोपितलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।गत चैत १५ गते तीनकुनेमा राजवादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा उनीहरुको संलग्नता रहेको आरोपमा प्रहरीले मिश्र, राणालगायतलाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्य ५४ जनालाई भने आपराधिक उपद्रवको कसुरमा अनुसन्धान थालिएको छ । ती मध्ये ५३ जनालाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ७४ जनाला
काठमाण्डौ । राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन् । राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो ।सोही सभा सकिएपछि नेता कार्यकर्ता र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको हो ।काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन् ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् । राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिएका थिए ।उनले भने, हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभि
काठमाण्डौ । काठमाडौंको विभिन्न स्थानमा हुने आन्दोलनका कारण आज सवारी आवागमन प्रभावित हुने भएको छ। नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएपछि काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको हो।राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुन
काठमाण्डौ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो ।विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेको थियो ।विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.