समाचार

    Showing 7,571-7,580 of 19,565 items.
  • गोली लागेर एक सैनिकको मृत्यु

    चितवन  ।   हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास रहेका छन । ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो । दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो । 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 377 पटक पढिएको
  • वीरगञ्जमा आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यू आदेश

    वीरगन्ज  । हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार(आज) बेलुका ७:३० देखि आइतबार अपराह्न १२ः०० बजेसम्मका लागि कर्फ्यु  आदेश जारि भएको छ।दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि वीरगन्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु  आदेश जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशमा शनिबार साँझ ६ः३० बजे देखि आइतबार दिनको १२ बजे सम्म रहने उल्लेख छ । पूर्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी गरे

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 340 पटक पढिएको
  • उदयपुरको कटारीमा निर्माणाधीन पक्की पुल बाढीले भत्कायो

     उदयपुर । विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका-२ मा निर्माणाधीन पक्की पुल भत्किएको छ । तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया-कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो ।चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताए।इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईँले प्रारम्भिक अनुमानमा रु. दुई करोडको क्षति भएको जानकारी दिए । वर्षापछि खहरे खोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बजगाईँले उक्त

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 286 पटक पढिएको
  • कनकाई नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

    झापा । जिल्लाको कनकाई नगरपालिका-१ मा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । शनिबार बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्ता सिटी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताएका छन ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 315 पटक पढिएको
  • शिक्षकको आन्दोलन आज दशौँ दिन सडकमै हाजिर र नाचगान

    काठमाण्डौ  ।  नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबिच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी र्हेको छ ।प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ ।आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ ।आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 272 पटक पढिएको
  • काठमाण्डौको बबरमहलमा दुर्घटना एकको मृत्यु, दुई जना घाइते

    काठमाडौ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 215 पटक पढिएको
  • तनहुँको मोहरीयाबाटोमा बेसीशहर जादै गरेको बस दुर्घटना

    काठमाण्डौ । डुम्रे बेसीशहरसडक खण्ड अन्तर्गत तनहुँको भानु-१ मोहरीयाबाटोमा बेसीशहर आउँदै गरेको बस दुर्घटना भएको छ। ग १ ख ६४९८ नम्बरको बस शुक्रबार साँझ ४:३५ को समयमा दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन्। तीमध्ये चारजनालाई CMC चितवन रीफर गरिएको छ। बाँकी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा दोर्दी-९ घर भएका सात वर्षीय रोजित विक, सही ठाउँ बस्ने ४५ वर्षीय शुसिला बि.क, राइनस-६ बस्ने ४० वर्षीय बिमला बिक र एकजना रौतहटका ५३ वर्षीय रामपुकार सुनार रहेका छन्। 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 198 पटक पढिएको
  • वीरगञ्जमा प्रशासनले लगायो कर्फ्यु, प्रहरीसहित दर्जनौं घाइते

    पर्सा  ।  वीरगञ्जमा प्रशासनले लगायो कर्फ्यु, प्रहरीसहित दर्जनौं घाइते भएका छन। वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो । शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्याँस हानेका छन् । झडपमा दर्जनौं हिन्दूवादी युवा र प्रहरी घाइते भएका छन्। सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । दुई समु

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 154 पटक पढिएको
  • पाल्पातर्फ जाँदै गरेको कारलाई पहिरोले पुरियो, यात्रु सकुशल

    काठमाडौं—  बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको एउटा कार सिद्धार्थ राजमार्गमा खसेको पहिरोमा पुरिएको छ । तिनाउ गाउँपालिका—३ को बुटवल पाल्पा—सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले कार पुरिएको प्रहरीले जनाएको छ।भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथिबाट आएको पहिरोका कारण पूर्णरुपले क्षति भएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । कारमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । बिहान पानी परेको बेला उक्त दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 266 पटक पढिएको
  • ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी हुँदा १२ लाख रुपैयाँभन्दा बढीको क्षति

    काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गएराति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।आत्मा राम रायको सञ्चालनमा रहेको सो तेल उद्योगमा राति भीषण आगो लागेको थियो । आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रण कार्यमा जुटेको थियो ।प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो करिब तीन घण्टापछि  पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो ।प्रारम्भिक अनुमानअनुसार, आगलागीका कारण उद्योगमा भ

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 279 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा