समाचार

    Showing 7,561-7,570 of 19,565 items.
  • हनुमान जयन्तीः कर्फ्यू जारी भएपछि वीरगंजको अवस्था सामान्य बन्दै

    काठमाडौं— हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप हुँदा अशान्त बनेको पर्साको वीरगंजमा कर्फ्यू जारी छ। झडप अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालयले साँझ साढे ६ बजेदेखि आज मध्यान्ह १२ बजेसम्म कर्फ्यू लगाएको थियो।  पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ। अहिले अवस्था सामान्य रहेको र कर्फ्यू हटाउनेबारे सर्वदलीय र सर्वपक्षीय छलफल चलिरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।  हिजो साँझ पाँच बजेतिर शोभायात्रामा निस्केको समूह

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 137 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

    काठमाडौं— भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 209 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहान देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका इलाम र झापाका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाका पूर्वानुमान छ। कोशी प्रदेशका थोरै स्थानहरु र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। त

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 302 पटक पढिएको
  • नदीमा माछा मार्ने क्रममा डुबेर १ युवतीको मृत्यु, ११ जनाको सकुसल उद्धार

    नेपालगञ्ज ।  नेपालगञ्ज बाँकेको राप्ती नदिमा राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।पातलीका अनुसार गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो । “माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षिकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ”, उनले भने ।दिक्षिकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । मृतकको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज प

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 236 पटक पढिएको
  • वीरगन्जमा दोहोरो झडप तत्काल नियन्त्रण लिन सेना परिचालन

    विरगन्ज  ।  पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप तत्काल नियन्त्रण लिन सेना परिचालन गरिएको छ ।त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई तत्काल नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 253 पटक पढिएको
  • पूर्व पश्चिम राजमार्ग अन्तरगतको बिनयी खोलामा डाइभर्सन बनाएर यातायात सुचारु

    काठमाण्डौ  ।  पूर्व पश्चिम राजमार्ग अन्तरगतको नारायणगढ–बुटवल सडक सुचारु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिवार बिहान देखि पूर्ण रूपमा अवरुद्ध भएको सडक शनिबार राति नौ बजे देखि सञ्चालनमा आएको हो ।विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाएको डाइभर्सन खोलाले बगाएपछि दिन भर सडक अवरुद्ध भएको थियो ।दाउन्नेमा वर्षाका

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 277 पटक पढिएको
  • आयल निगमको नाफा ९ अर्ब ५५ करोड

    काठमाण्डौ  ।  नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ। निगमको ४३औँ वार्षिक साधारणसभा मार्फत सार्वजनिक गरिएको हो।निगमले उक्त वर्ष ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको छ। आर्थिक वर्ष २०७९/८० मा निगमले ३ खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो। पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार कायम राख्दै निगमले मुलुकभर सहज आपूर्ति व्यवस्था सुनिश्चित गर्दै आएको छ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 454 पटक पढिएको
  • आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

    एजेन्शि  । पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियाबाट एक शिशुको जन्म भएको छ । विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बिनै कृत्रिम बुद्धिमत्ता (एआई)लाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरेर विश्वमै पहिलो बच्चा जन्मिएको स्वास्थ्यसम्बन्धी जानकारी दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम मेडिकल एक्सप्रेसले जनाएको छ । बच्चा स्वस्थ रहेको खबरमा उल्लेख छ ।अमेरिकी बायोटेक कम्पनी ‘कन्सिभेबल लाइफ साइन्सेज’ का वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् । एआईमा आधारित आईभीएफ प्रविधिमा महिला

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 289 पटक पढिएको
  • सतिघाटमा पुल नहुदा फेरिले गाडी तार्न पर्ने बाध्यता

    भोजपुर  । भोजपुर र संखुवासभा जिल्ला जोड्ने सतिघाटमा पक्की पुल नहुदा अझै पनि फेरिले गाडी तार्न पर्ने बाध्यता छ । अरुण नदीको यो फेरि भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने महत्वपुर्ण माध्यम हो । तर, बेलाबेलामा फेरिको डोरी चुडिदा यातायात सेवा नै ठप्प हुदै आएको छ । यस क्षेत्रमा पक्की पुल बन्न ढिलाई हुदै आएको छ । 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 285 पटक पढिएको
  • लेक लागेर चिकित्सकको मृत्यु

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२, डाँडाखर्कमा लेकलागेर शनिबार बिहान तनहुँको भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको छ ।मकालु बेसक्याम्प जाने क्रममा ४२०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको छ । सिग्देलको शव परीक्षणनिम्ति जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्र खाँदबारी ल्याइन सक्ने प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 366 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा