समाचार

    Showing 7,511-7,520 of 25,626 items.
  • रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

    सर्लाही— रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका – ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा – ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 342 पटक पढिएको
  • चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

    काठमाडौं— चीनले हरित ऊर्जाको रुपान्तरणलाई गति दिएसँगै, नयाँ ऊर्जा भण्डारण प्रणालीको माग तीव्र रूपमा बढिरहेको छ ।पूर्वी चीनको झेजियाङ प्रान्तस्थित नराडा पावरको उत्पादन केन्द्रमा ठूलो–ठूलो चाँदी–सेतो रङका क्याबिनेटका पङ्क्तिहरू व्यस्त उत्पादनको संकेत दिन्छन् । यी विशाल “पावर बैंक” हरुले हावा र घामबाट उत्पादित विद्युत् भण्डारण गर्छन् र माग उच्च हुने समयमा आपूर्ति गर्न प्रयोग गरिन्छ ।केन्द्रका महाप्रबन्धकका अनुसार, यस वर्ष उत्पादन गतिविधि झनै तीव्र भएको छ । उत्पादन लाइनबाट निस्कँदै गरेका युनिटहरू प्रायः तुरुन्तै बजारतर्फ पठाइन्छन् । तन जियानगुओ, महाप्रबन्धक, लिन’आन उत्पादन केन्द्र, नराडा पावरका अन

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 357 पटक पढिएको
  • सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

    सर्लाही— सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा गरिएको नयाँ मनोनयन असंवैधानिक भएको भन्दै टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।मलंगवा नगर संरक्षण तथा सुधार समितिले बुधबार बिहान प्रादेशिक अस्पताल नजिकैको बालमन्दिर चौकमा टायर बालेर बिरोध प्रदर्शन गरेको हो । प्रदर्शन बालमन्दिर चौकबाट टायर बाल्दै सुरु भएको थियो ।त्यसपछि प्रदर्शनकारीहरूको समूहले अस्पतालको प्रशासनिक भवन अगाडि पुगेर नाराबाजी गर्दै विवादित मनोनयन तत्काल खारेज गर्न माग गरेको

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 352 पटक पढिएको
  • बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

    गोदावरी (कैलाली)। बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ ।पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई रु ३५ लाख भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ । पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार उक्त भवन निर्माण प्रारम्भ भएको हो । यसैगरी, जिल्ला

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 265 पटक पढिएको
  • भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

    चितवन। भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट  सेवा प्रवाह गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 279 पटक पढिएको
  • बाजुरामा सात मतदानस्थल थपिए

    बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् ।  जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्याल

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 243 पटक पढिएको
  • हाम्रा पर्वले नेपाललाई विविधतामा एकता चिनाउने अवसर प्रदान गर्दै आएका छन्ः उपराष्ट्रपति यादव

    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनुभएको छ ।  उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 288 पटक पढिएको
  • काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

    भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको  पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो ।   मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् रु आठ करोड

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 306 पटक पढिएको
  • छतबाट खसेर किशोरीको मृत्यु

    चितवन। रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । उनी  सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् । 

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 301 पटक पढिएको
  • काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

    काठमाडौं— काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 373 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.