समाचार

    Showing 7,511-7,520 of 19,565 items.
  • प्रहरी जवान पदको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं— काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंद्वारा प्रकाशित विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंको बालाजु बस्ने २३ वर्षिय मोहन सुनुवार,कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको माछाप

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 236 पटक पढिएको
  • हाजिरी जमानीमा रिहा भए धवलशमशेर

    काठमाडौं— तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीको भनाइ छ। उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 326 पटक पढिएको
  • पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु, दुई जना गम्भीर घाइते

    काठमाडौं— ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो।मृतकको पहिचान भइसकेको छैन। ज्यान गुमानेमा दुई पुरुष र दुई महिला छन्। जलेका उनीहरूको शव पहिचान गर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक बस्नेतले बता

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 515 पटक पढिएको
  • निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दै

    काठमाडौं— निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ। त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ।निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।उक्त कार्यक्रम बमोजिम गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ।मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइटमा प्रकाशन समेत भएका

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 194 पटक पढिएको
  • झापाको भद्रपुर नाका तस्करिको लागि खुल्ला, प्रहरिले पक्राउ गर्यो लाखौको मोबाइल पार्टस

    झापा  ।  झापाको भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको लाखौको मोबाइलका पार्टस तथा सामग्रीसहित एक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ  । भद्रपुरको दोभान नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बा १८ च ४६१६ नम्बरको पिकअपमा हालेर लैजाने क्रममा चलक भद्रपुर नगरापालिका निवासी २३ वर्षीय राहुल कामत सहित जिल्ला प्रहरी कार्यालय झापाले शनिबार राती करिब ८ बजे भद्रपुरको घोडामाराबाट नियन्त्रणमा लिएको हो। बरामद गरिएको मोबाइल पार्टस २९ लाख ८७ हजार २ सय, गाडीको ५ लाख गरी ३४ लाख ८७ हजार २ रुपैयाँ मुल्यांकन तोकेर गाडी चालक कामतसहितलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बु

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 1,324 पटक पढिएको
  • पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौं परिसर भद्रकालीमा राखियो

    काठमाडौं— सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।सिंहदबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 280 पटक पढिएको
  • निजी विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

    काठमाडौं— शैक्षिक हड्ताल गरेको शिक्षक महासंघले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।महासंघको विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिकभ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ । त्यसैगरी आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अनुरोध गरिएको छ ।’आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रव

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 406 पटक पढिएको
  • माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईको मृत्यु, १४ जना घाइते

    काठमाडौं— डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार (आज) माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।उनकाअनुसार मृतकको सनाखत हुन बाँकी छ। माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए।गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लाग

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 272 पटक पढिएको
  • सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देनलगायत पक्राउ

    काठमाडौं— राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र  ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।  उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।  पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 358 पटक पढिएको
  • यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व संकलन

    काठमाडौं— यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु. २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व संकलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताए ।“यो अवधिमा सवारीसाधन कर संकलनबापत रु. १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु। चार करोड नौ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु। २३ लाख ५८ हजार ४६० र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व संकलन भएको छ”, उनले

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 338 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा