समाचार

    Showing 7,391-7,400 of 19,565 items.
  • धितोपत्र बोर्डमा कमिसन काण्ड! ८९ कम्पनीको आईपीओ रोकिएको रहस्य खुलेपछि अख्तियारले मारे छापा

    संसदमा उठेको ‘कमिसन काण्ड’को कुरा सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमै छापा मारेको छ। बुधबार बिहान ११:३० बजे ललितपुरस्थित बोर्डको कार्यालय पुगेको अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिँदै दिनभर फाइल अध्ययन गरेको छ।बोर्डले पछिल्ला २२ महिनामा ८९ कम्पनीको आईपीओ अनुमति रोकेको थियो। जलविद्युत् कम्पनीहरूबाट ७% सम्मको ‘कमिसन’ बिचौलियामार्फत उठाएको आरोप लागेपछि यो विषय संसदमै पुगेको थियो। यसै कारण अख्तियारले तत्काल एक्सन लिएको बुझिएको छ।छानबिनको घेरामा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पनि परेका छन्। उनले भने आफूविरुद्ध प्रमाणबिना आरोप लगाइएको भन्दै विरोध जनाएका छन

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 182 पटक पढिएको
  • चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर— उदयपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगरको मृत्यु भएको हो ।घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङ लागेर घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  त्यस्तै खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा घटना स्थलमा नै मृत्यु भएको हो ।घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोलीले मृतक लाशको पोष्टमार्टम पश्चात आफन्

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 187 पटक पढिएको
  • रेबिज लागेर ३२ वर्षीय युवकको मृत्यु

    चितवन— रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ। निजको भरतपुर अस्पतालमा उपचारका क्रममा विहीबार (आज) मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। प्रजालाई दुई महिनाअघि कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 163 पटक पढिएको
  • तीनकुनेमा तीन वटा गाडी जुध्दा एक जनाको मृत्यु, तीन घाइते

    काठमाडौं - तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए।बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए।मोटरसाइकलक

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 121 पटक पढिएको
  • बसको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

    काठमाडौं— काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ ।उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 252 पटक पढिएको
  • आजको फलफूल तथा तरकारीको मूल्य

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 114 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका ‍केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।राती देशको पहाडी भू-भ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 187 पटक पढिएको
  • असहमति जाहेर गर्दै द्वन्द्वपीडितका संस्थाहरूद्वारा पेश गरेका नाम फिर्ता

    काठमाडौं— द्वन्द्वपीडितका नौ ओटा संस्थाहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूहरूको निवेदनमा सङ्क्रमणकालीन न्याय आयोगका लागि पेश भई संक्षिप्त सूचीमा परेका अधिकारकर्मीहरूको नाम फिर्ता गर्दै आगामी प्रक्रियामा सहभागी नहुन अनुरोध गरेका छन् ।विज्ञप्तिमा अधिवक्ता रेश्मा थापा, वरिष्ठ अधिवक्ता राजु चापागाँई, अधिवक्ता सन्तोषबाबु सिग्देल, टिका ढकाल, अधिवक्ता सृजना पोखरेल शिवाकोटी, डा. वीरेन्द्र थपलीया र गोपालनाथ योगीलाई आगामी दिनमा हुने अरु प्रक्रियामा सामेल नहुने अनुरोध गरिएको छ ।‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न २०८१ चैत ११  गते गठित

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 250 पटक पढिएको
  • युवा संघको भेलामा झडप हुँदा श्रेष्ठ र पौडेल घाइते

    काठमाडौं— नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 339 पटक पढिएको
  • प्रशासन शाखा प्रमुखमाथि वडाध्यक्षले गरे हातपात, ४ संगठनले ध्यानाकर्षण बुझाउँदै वडाध्यक्षलाई कारबाहीको माग गरे

     काठमाडौं— वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए । प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्ने बित्तिकै वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलको दाबी छ ।उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा