ललितपुर— ललितपुरको गोदावरी क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा सात जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोदावरी नगरपालिका–८ डुकुछापमा श्यामकुमार जिसीको टहरोभित्र चलिरहेको जुवातासमा छापा मार्दै प्रहरीले उनीसहित सात जनालाई शनिबार साँझ पक्राउ गरेको हो।
प्रहरी प्रभाग बुङ्गमती र फर्सीडोलबाट खटिएको संयुक्त टोलीले उनीहरूको कब्जाबाट नगद १ लाख २२ हजार ८ सय १० रुपैयाँ र ९ बुक तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






































