काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष बार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था अनुसार सो प्रतिवेदन पेस गरेको हो।