समाचार

    Showing 7,351-7,360 of 19,565 items.
  • प्रहरी जवान कुटपिट घटनामा संलग्न ४ जना पक्राउ

    तनहुँ— व्यास नगरपालिका– ५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि ४ जनाले कुटपिट गरेका हुन्।कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको हो ।उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 246 पटक पढिएको
  • विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित, शल्यक्रिया गर्नुपर्ने महिलालाई प्रदेश बाहिर रेफर गर्नुपर्ने बाध्यता

    दमौली— प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौं पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ । प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको छ । अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए। गाइनोलोजिष्ट  कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल जानुभए

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 269 पटक पढिएको
  • युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाएकी अर्की २१ वर्षीया युवती पनि पक्राउ परिन्

    काठमाडौं— मानव बेचबिखनमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले यही वैशाख २७ गते पक्राउ गरेको हो। पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिए।खातुनले यही वैशाखको २१ गते एक युवतीलाई नयाँ कपडा किनिदिन्

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 229 पटक पढिएको
  • बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध

    काभ्रेपलाञ्चोक— अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए।गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्स

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 225 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ   ।   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पनि महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावन

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 268 पटक पढिएको
  • काठमाडौंको होटलमा एक पुरुष मृत फेला

    काठमाडौं— काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा अर्घाखाँची जिल्ला, सन्धिखर्क नगरपालिका–३ का ४० वर्षीय विनोद खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीका अनुसार खत्री आइतबार काठमाडौं महानगरपालिका–२६ स्थित विरेन्द्र ऐश्वर्या मार्गमा रहेको सगरमाथा गेस्ट हाउसको कोठा नम्बर २०१ मा मृत भेटिएका हुन्।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 192 पटक पढिएको
  • एक अर्ब २१ करोड कर छली गरेको देखिएपछि ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालकमाथि मुद्दा चलायो

    काठमाडौं— राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ ।राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिए । देवमाथि रु एक अर्ब २१ करोड राजस्व उठाउनुपर्ने माग दाबीसहित मुद्दा अघि बढाइएको उनले बताए।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 247 पटक पढिएको
  • मन्त्री यादव भन्छन खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ

    बारा— खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् । सोमबार बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानेपानीको समस्या समाधान गर्ने गरी काम गरेको बताए हुन् ।यादवले देशभरीको खानेपानीका समस्या समाधानका लागि आफुसहित सिङ्गो मन्त्रालयको टिमले काम गरिरहेको बताए । उनले भने, ‘हामीले योजना मात्रै होइन, परिणाम देखिने किसिमका कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने कामहरूमा सरकार प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा उ

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 182 पटक पढिएको
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनः२६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू,श्रद्धेय स्वदेश तथा विदेशका संघ गण,माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका महामहिम राजदूत पत्रकार मित्रहरु, आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु ।बुद्ध जुन ठाउँमा जन्मिनु भएको थियो । आज हामी त्यस पवित्र पुण्यभूमिमा, जहाँबाट शान्तिको सन्देश विश्वमा छर्ने एउटा महामानव, जसलाई हामी भगवान बुद्ध भन्छौं । उहाँको आजभन्दा २६४९ वर्ष अगाडि अथवा २६४८ वर्ष पूरा भएर बुद्ध जन्मिएको दिन आज २६४९ वर्ष लागेक

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 249 पटक पढिएको
  • गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    गुल्मी— गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा गएका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 312 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा