काठमाडौं— बझाङमा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–३ बस्ने २२ वर्षीय सुरज जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरजले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

त्यस्तै, अछाममा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका–२, बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

साउदले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । जोहेरीकै आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरी टोलीले साउदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।