समाचार

    Showing 7,321-7,330 of 25,623 items.
  • देउवा डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिम पटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरूलाई बताएका हुन् ।डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए ।मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिम पटक चुनावमा उठ्ने जानकारी गराएको बताएका छन्

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 465 पटक पढिएको
  • रफाहको मावासीमा इजरायली गोली लागेर प्यालेस्टिनी बालिकाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजाको रफाहस्थित मावासी क्षेत्रमा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी बालिकाको मृत्यु भएको छ। एम्बुलेन्स तथा आपतकालीन सेवाका अनुसार बालिकाको मृत्यु सेनाको तैनाथी क्षेत्र बाहिरै भएको हो।यसैबीच, इजरायल रक्षा बल (आइडीएफ) ले दक्षिणी गाजामा रहेका सैनिकहरू नजिक “पहेंलो रेखा” पार गर्दै तत्काल खतरा उत्पन्न गरेको एक आतंकवादीलाई पहिचान गरी हटाइएको दाबी गरेको छ। आइडीएफको भनाइ र स्थानीय स्रोतहरूको विवरणमा फरक देखिए पनि घटनाले गाजामा जारी तनाव थप गम्भीर बनेको संकेत गर्छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 557 पटक पढिएको
  • एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले  प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए। बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 490 पटक पढिएको
  • न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनः सोही पदमा पुन स्थापित गरेको छ ।न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ढंगले र आवश्यक प्रक्रिया नपुर्याई पदबाट हटाइएको ठहर गर्दै सोमबार पुनस्र्थापना गर्ने आदेश दिएको हो ।सर्वोच्चको उक्त आदेश पछि शाक्यले भने,‘ लामो समय सम्म न्यायको खोजीमा भौंतारीएको थिएँ । अब मलाई सर्वोच्च अदालतले न्याय दिएको छ । सर्वोच्चको फैसलापछि प्राधिकरणको नेतृत्व पुनः जिम्मेवारी पुर्वक सम्हाल्नेछु ।’ शाक्यले न्यायिक प्रक्रियाले ढिलो भए पनि अन्ततः सत्य स्थापित भएको म

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 507 पटक पढिएको
  • उत्तरी जापानमा ७.५ को भूकम्पपछि महाभुकम्पको सम्भावना

    काठमाडौं— उत्तरी जापानमा ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार भूकम्प सोमबार राति ११ः१५ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तट क्षेत्रमा केन्द्रित भएको थियो ।भुकम्पपश्चात जापानी अधिकारीहरूले उक्त क्षेत्रमा सम्भावित ‘मेगाक्वेक’ अर्थात महाभुकम्पको जोखिमबारे चेतावनी दिएका छन् । यस्तो किसिमको महाभुकम्प आउने हो भने जापानको होक्काइडोदेखि लिएर चिबा प्रिफेक्चरसम्म र प्रशान्त तटमा ठूलो सुनामी आउन सक्ने बताइएको छ ।सोही कारण जापानी सरकारले प्रशान्त तट क्षेत्रका स्थानिय बासिन्दालाई आगामी एक सातासम्म उच्च सतर्कतामा रहन भनेको छ । तर, हालका लागि अनिवार्य रूपमा खाली गर्नुपर्ने निर्देशन भने

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 574 पटक पढिएको
  • आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

    काठमाडौं— हरेक वर्षको डिसेम्बर ९ मा विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनान्छ । आजको दिन भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।यस वर्षको अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस को नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकताबद्ध हुँदैः भोलिको अखण्डता निर्माण गर्दै’ भन्ने रहेको छ । यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 510 पटक पढिएको
  • दार्चुलामा चरेससहित दुई युवक पक्राउ

    दार्चुला— जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रहरीले चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार रहेका छन् ।सोमबार साँझ नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई शंकास्पद लागेपछि चेकजाँच गर्दा ३१ ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरी प्रवक्ता निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 515 पटक पढिएको
  • भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्दै

    काठमाडौं— भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्र

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 447 पटक पढिएको
  • सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 516 पटक पढिएको
  • अमेरिकाले माफी दिएपछि हन्डुरसद्वारा पूर्वराष्ट्रपति हर्नान्डेजविरुद्ध पक्राउ पुर्जी जारी

    एजेन्सि— संयुक्त राज्य अमेरिकाको जेलबाट रिहा भएको केही दिनमै हन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजका लागि कानुनी र राजनीतिक उथलपुथल चुलिएको छ। देशको सर्वोच्च अभियोजकले उनीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेका हुन्।महान्यायाधिवक्ता जोहेल एन्टोनियो जेलायाले सोमबार ‘एक्स’ मा एक पोस्टमार्फत सार्वजनिक अभियोजकको कार्यालयको मुख्य अनुसन्धान निकाय ‘एजेन्सिया टेक्नीका डी इन्भेस्टिगेशन क्रिमिनल’ लाई इन्टरपोललाई ‘पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजविरुद्धको अन्तर्राष्ट्रिय पक्राउ पुर्जी कार्यान्वयन गर्न’ आग्रह गर्न निर्देशन दिएको जनाएका छन् ।हर्नान्डेजकी श्रीमतीले भने उनी नि

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 496 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.