समाचार

    Showing 7,321-7,330 of 19,564 items.
  • झापामा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

    भद्रपुर— झापामा गएराती आएको हावाहुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगर रहेका छन्।गए राती आएको हावा हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 204 पटक पढिएको
  • ३ अर्बको भ्रष्टचार मुद्दामा मुछिए कांग्रेस नेता मोहन बस्नेतसहित १६ जना, को को हुन १६ जना ?

    काठमाडौं— कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।अख्तियारका अनुसार तत्कालीन सञ्चारमन्त्री बस्नेत, दूरसञ्चारका तत्कालीन अध्यक्षहरू झा र पुरुषोत

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 381 पटक पढिएको
  • अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरे, चोरी भएका ११ ल्यापटप माटोमा गाडिएको अवस्थामा भेटियो

    ताप्लेजुङ— ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप चोरी भएका थिए ।विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले उपलब्ध गराएको थियो । फाउन्डेसनले विद्यालयलाई हस्तान्तरण गरेको केही समयमै अर्थात् ०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो । खोजीका क्रममा त्यतिबेला तीनवटा ल्यापटप मात्र भेटिएका थिए। हराएका आठवटा ल्यापटप फेला पार्न प्रहरी प्रशासन, विद्यालय प्रशासन र वडालाई एक वर्ष

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 308 पटक पढिएको
  • सांसद अमरेश सिंहको प्रश्न: नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो ?

    काठमाडौं — स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाइनु नपाउनुमा लैंगिक पूर्वाग्रह देखिएको भन्दै प्रश्न उठाएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सोधे, “डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ? महिला भएको कारणले बनाउन नमिल्ने हो? राष्ट्र बैंककी कर्मचारी भएकैले अयोग्य मान्ने हो?”सांसद सिंहले गभर्नर नियुक्तिमा पारदर्शिता र योग्यता मापदण्डको ख्याल हुनुपर्ने बताए। साथै उनले हालका गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त हुनुभन्दा एक महिना अघि नै किन नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाइएको भनेर सरकारसँग जवाफ मागे। उनले थपे, “सरकार कानुन मिच्ने छुटमा रह

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 264 पटक पढिएको
  • डिउटीमा रहेका प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर शाह परे कारबाहीमा

    काठमाडौं— काठमाडौंको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले जानकारी दिए। साहमाथि छानबिन सुरु भएको उनले बताए । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । घटना बुधबार दिउँसो भएको उनको भनाइ छ ।&

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 407 पटक पढिएको
  • हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ

    काठमाडौं— रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका छन् ।आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। १ हजार र ५ सयको नोटसहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 219 पटक पढिएको
  • जलेश्वर अस्पतालमा औषधि अभाव भएपछि उपचारमा समस्या

    महोत्तरी– महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या हो ।दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै अस्पताल प्रमुख डा. विकास साहले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका  साहले जानकारी दिए ।मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुख साहले बताए । आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 297 पटक पढिएको
  • विद्यार्थीलाई कुट्ने शिक्षकले महिला नगर सदस्यमाथि हातपात गरेपछि भयो हंगामा

    काठमाडौं— कालिकोटको रास्कोट नगरपालिका–२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले महिला जनप्रतिनिधि तथा नगर कार्यापालिका सदस्यलाई हातपात गरेका छन् । शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते मदिरा सेवन गरी महिला जनप्रतिनिधिमाथि हातपात गरेका हुन् ।शिक्षकले दिउँसो मदिरा सेवन गरेको अवस्थामा २ नंम्बर वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उनको तीव्र आलोचना भएको छ ।आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको स्थानीय चक्रनाथ योगीले जानकारी

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 304 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।राती कोश

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 254 पटक पढिएको
  • धादिङबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

     धादिङ— धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ।दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 258 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा