काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।