समाचार

    Showing 7,301-7,310 of 19,557 items.
  • प्राविधिक गडबडीले गर्दा आपूर्ति अवरुद्ध भएको हो लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए । उनले भने,‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसंग जोडेर अब इन्भट

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 324 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

    चितवन— एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् ।भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् ।उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफैमाथि प्रहार गर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 315 पटक पढिएको
  • आस्थाको आधारमा दमन भयो भने जंगल पस्न तयार: राप्रपा अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङगल पस्न भन्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको भन्दै यस्तो धारण राखेका हुन् । ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔँ । राप्रपा लगायत हिन्दुर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 308 पटक पढिएको
  • उपप्रमुख सुनिता डंगोललाई विश्व नेताका रूपमा सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् । उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 178 पटक पढिएको
  • हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए ।यस्तै, उनले हिमालहरू सरोकारको विषय नलाग्न सक्छ तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको भन्दै हिमालहरु विश्वकै साझा चिन्ताको विषय भएको बताए । उनले भने, ‘सगरमाथा संवादको पहिलो थिम ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य’ रहेको छ

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 267 पटक पढिएको
  • फ्यानमा झुण्डिएर सैनिकले गरे आत्महत्या

    झापा— चारआली व्यारेकस्थित अरिदमन गणका एकजना सैनिकले झुन्डिएर आत्महत्या गरेका छन्।अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटल भैरवीमा बिहीबार साँझ झुन्डिएर आत्महत्या गरेका हुन्।ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा ११ स्थित नयाँ बसपार्कको भैरबी होटलको दोस्रो तलामा रहेको कोठा नं. ३ को सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेका हुन्।होटलका संचालक तुलसीराम श्रेष्ठले देखेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए।आत्महत्या गर्नुअघि ती सैनिकले फेसबुकमा सुसाइड नोट लेखेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 198 पटक पढिएको
  • सोल्टी होटेलमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको उद्घाटन गर्दै

    काठमाडौं— शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वातावरणीय मुद्धालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सोल्टी होटेलमा हुन लागेको हो। कार्यक्रम बिहान साढे नौ बजेपछि सुरु हुनेछ ।प्रधानमन्त्रीको सचिवालयले कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङका लागि संवादको प्रचार प्रसार तथा मिडिया समितिबाट तोकिएको प्रक्रियाका आधारमा पासकोे उपलब्ध गराउने बताएको छ।संवाद कार्यक्रम उद्घाटनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 227 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्‌यो

    काठमाण्डौ  ।  आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । उक्त सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँको दरले मूल्य घटेको हो ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 308 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ र

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 258 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा  मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का द

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 245 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा