काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।
काठमाण्डौ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ। लिग चरणको खेलमा काठमाण्डौले लुम्बिनीलाई २२ रनले हराएको थियो।
आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।






































