काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आगामी प्रतिनिधिसभा काठमाडौं–४ बाट पनि उम्मेदवार सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।
काठमाडौं- ४ थापाकै निर्वाचन क्षेत्र हो । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए ।
थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् ।
यसअघि थापाको नाम सर्लाही–४ र धनकुटाबाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको थियो ।
थापालाई रोल्पाबाट पनि सिफारिस गरिएको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।






































