बिर्तामोड / झापाको भद्रपुरमा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।मृत्यु हुनेमा भद्रपुर –१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिव ४० वर्षीय डम्बरबहादुर लिम्बु रहेका छन् । दिउसो साढे २ बजे ज्ञानेचोकबाट वनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको मे १ ह ६४१ नम्बरको टेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।अर्का घाईते टेम्पोमा सवार सोही ठ
काठमाडौँ / शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले शिष्टाचार बिदाइ भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
काठमाडौं / टाटा मोटर्स इन्डियाले नयाँ नाममा इलेक्ट्रीक सेडान कार बजारमा ल्याएको छ । यसअघि टिगोर इभीको नामबाट बजारमा विक्री भइरहेको गाडीको फेसलिफ्ट मोडललाई ‘एक्सप्रेस(टी’ नाम दिएर बजारमा ल्याएको हो ।कम्पनीले नयाँ कार ‘एक्सप्रेस-टी’ मा टिगोर इभीको तुलनामा थुप्रै परिमार्जन गरेको छ । नयाँ मोडलको रेञ्ज, व्याट्री साइज र अगाडिको ग्रिलमा ठूलो परिमार्जन पाउन सकिन्छ । ‘एक्सप्रेस(टी’मा ट्राइएरो प्याटर्नसहितको नयाँ ग्रिल यसको अगाडिको भागमा भएको सबैभन्दा ठूलो परिमार्जन हो । यसमा कम्पनीले मोटर समेत परिमार्जन गरेको छ । नयाँ मोटरले ४१ हर्स पावर र १०५ एनएम टर्क प्रदान गर्छ । एआरएआईले यसको रेञ्ज एक पटकको फ
बिर्तामोड / झापाको भद्रपुरबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –३ का २२ वर्षीय चन्दन रजक रहेका छन् । आज बिहान ६ : ३० बजे मे९प २०८० नम्बरको मोटरसाइकलमा सवार रजकलाई भद्रपुर स्थित सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका चन्दनका साथबाट प्रहरीले १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद गरी मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका छन् ।बजेट वक्तव्यमा उल्लेख गरे अनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको छ । लामो समयको तयारी पश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्यरुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मो
काठमाडौँ / कोरोनाको समयमा अग्रभागमा रहेर कामगर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलब भत्ता फिर्ता गरेका छन् । तलब, भत्ता वितरण गर्दा नियमपूर्वक बितरण नगरेकाले सो रकम फिर्ता गरेको स्वास्थ्यकर्मीले बताएका हुन् ।स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीक
राजविराज / झुटो विवरण पेश गरी नागरिकता बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका –१५ देउरी भरुवा निवासी देवन यादव र शिवनन्दन यादव रहेका छन् । जिल्ला प्रशासन कार्यालय राजविराजमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शिवनन्दन भने भारतीय नागरिक रहेको खुलेको छ । शिवनन्दनलाई छोरो भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गएका थिए । तर वडाबाट अपरिचित व्यक्तिले फोन गरेर कीर्ते हस्ताक्षर गरी नागरिकत
चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका –१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका –१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख रुपैयाँ जरिवाना तोकेको थियो । चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका –११ जिरौनाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाल
बिर्तामोड /झापामा जारी निषेधाज्ञा थप एक साता लम्बाईएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला संकट ब्यबस्थापन समिति (डिसीसीएमसी)को बैठकले साउन ७ गते सम्म लम्बाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रावण कुमार तिमिल्सिनाले जानकारी दिए ।झापामा कोरोना संक्रमितको संख्यामा कमी नआएकाले एक साता निषेधाज्ञा थप गरिएको तिमल्सिनाले बताए । छोटो दुरीका सार्वजनिक यातायात बस सहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ । अन्या निर्णय भने अघिल्लो पट
काठमाडौँ / राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन् । हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उनले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागू हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन् । पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए । हाल प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका हुन् । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.