काठमाडौँ / कोरोनाको समयमा अग्रभागमा रहेर कामगर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलब भत्ता फिर्ता गरेका छन् । तलब, भत्ता वितरण गर्दा नियमपूर्वक बितरण नगरेकाले सो रकम फिर्ता गरेको स्वास्थ्यकर्मीले बताएका हुन् ।

स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताएका छन् ।

OM Sai Pathibhara Hospital

 लामो समयदेखि तलबभत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै सङ्र्घषपछि पाएको रकमसमेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबीचमा द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कर्मचारी बताउँछन् ।